» » बन्दका कारण बारा र पर्साको उद्योगी मारमा

बारा, भदौ २३ गते । संयुतm मधेसी मोर्चाले गरेको बन्द अवहानको २६ दिनसम्म उधोगी व्यापारीहरुले  ठूलै नोकसानी व्यहोर्नु परेको छ । बारा र पर्सामा मात्र करिब  १६ अर्ब ८७ करोडको नोक्सानी व्यहोरी सकेको छ ।
वीररगञ्ज पथलैया करीडोरमा मात्र हजार देखि १२ सम्म कारखानाहरु रहेकोमा दैनिक जसो ६० देखि ७० करोडको घटा सहनु परेको उद्योगी प्रदीप केडियाले बताए । श्रमिक, बेरोजगारी, मालसमान नोक्सानी, उत्पादन नहुनु , विद्युतको  महसुल तिर्नु पर्ने, बैंकको व्याज तिनु पर्ने लगायतको समस्याले व्यापारी अझै मार परेको छ ।
बन्दभरी कच्चा पर्दाथहरु पनि भारतको रक्सौल र विरगंजको ड्राइपोटबाट ल्याउन सहज वतावरण बनाइ दिन पटक पटक छलफल, वार्ता गरेपनि हुन नसकेपछि मार खेप्नु परेको छ । फाटफुट रुपमा सिमराको ललका पुलदेखि पथलैयासम्ममा रहेको करिब आधा दर्जन भन्दा बढी उधोगहरु सञ्चालन भईरहेको छ ।  
यसै गरी बन्दको कारण जिल्लाको सदरमुकाम कलैयादेखि गाम्रिण भेगसम्म रहेको ब्यापार चौपट भए पछि आर्थिक संकट व्योहोर्नु परेको उधोग वाणिज्यसंघ बाराको अध्यक्ष विनोद साहले बताए । जिल्लामा ३० देखि ४० लाखसम्मको दैनिक नोकसानीको समना गर्नुपर्ने भएको संघको सदस्य धिरज जैसवालले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..