» » भारतको बारेमा के निर्णय गरे तीन दलले ?

फाइल फोटो

काठमाडौँ, असोज ५ गते । तीन प्रमुख तीन राजनीतिक दलले नेपालको संविधानप्रति भारतीय प्रतिक्रिया र त्यसकोे सम्भावित प्रभावका विषयमा आज गम्भीर छलफल गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले देशको समग्र सुरक्षा अवस्था र संविधान जारी पछिको स्थितिका विषयमा छलफल गरेको हो । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानका विषयमा नबुझेका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई बुझाउने र असन्तुष्ट दललाई सहमति ल्याउने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले संविधानले दिएको अधिकारलाई पनि नदिएको जस्तो गरिएको भन्दै नबुझेर आन्दोलनमा रहेका राजनीतिक दललाई संविधानका विषयमा स्पष्ट पारिने पनि बताउनुभयो ।

नेकपा९एमाले०का उपाध्यक्ष भीमबहादुर रावलले संविधान जारीपछि भारतले दिएको प्रतिक्रिया र सो सम्बन्धमा नेपालले अपनाउनुपर्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिनुभयो । उहाँले नेपालको समग्र सुरक्षा स्थितिका विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो,“भारतको नाकाबाट आउने सामग्री रोकिएको भन्ने विषयमा पनि बैठकमा छलफल भयो ।” प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिने विषयमा बुधबार परामर्श गरेर निर्णय लिने उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।

संविधानमा असन्तुष्टि जनाउने राजनीतिक दलसँग वार्ता जारी राख्ने र उनीहरुलाई वार्ताका ल्याउने विषयमा दलहरुले स्पष्ट कुरा राख्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । राष्ट्रिय हित र लोकतन्त्र, राष्ट्रिय एकता र सद्भावजस्ता विषयलाई ध्यान दिँदै तराई मधेस क्षेत्रमा लामो समयदेखि भएको बन्दले परेको प्रभावप्रति दलहरु संवेदनशील रहेको उल्लेख गर्दै उहाँले नेपालमा भएको घटनाक्रमका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाईसामूहिक रुपमा स्पष्ट पारिने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षत्रय वामदेव गौतम, विद्यादेवी भण्डारी र रावल तथा महासचिव ईश्वर पोखरेल एवम् एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी हुनुहुथ्यो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..