काठमाडौँ, आश्विन ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको लगायतको दलहरुको आन्दोलनमा स्वतः स्फूर्तरुपले जनताले नै आन्दोलनलाई चरम विन्दुसम्म पु¥याउन कुनै कसर नछोडेको अवस्था र मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारतीय सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ ।
भारतवाट नेपाल तिर आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा पनि कडा रोक लगाइएको छ ।
पूर्व मेची देखी पश्चिम महाकालीसम्म नेपालसँगको सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो सक्रियता बढाएको छ । भारतले वीरगंजसँग जोडिएको रक्सौलमा पनि उच्च सुरक्षा व्यवस्था राख्दै नाका ठप्प पारेको छ । भारतीय सरकारले सिमाक्षेत्रमा कडारुपले ठुलोमात्रामा एसएसबी परिचालन गरि सिमा सिल गरेको छ ।
वीरगंजमा जारी कफ्र्यू र निषेधाज्ञाका बिच प्रदर्शन भइरहेको र यसले भारतको सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै सीमानाका बन्द गरिएको भारतीय स्थानीय पत्रकारहरुले जनाएका छन् । भारतको रक्सौलमा रहेको अस्पतालमा उच्च सतर्कता अपनाउन भनिएको छ । आन्दोलनका क्रममा घाईते बढ्न सक्ने र उपचारका लागि रक्सौल जाने गरेकाले अस्पतालमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
राष्ट्रपति डा.रामवरण यादव द्धारा २०७२ नेपालको संविधान जारी भएको २४ घण्टाभित्रै दुईपटक वक्तव्य जारी गरी आफ्नो असन्तुष्टि जनाईसकेको थियो । अघिल्लो पत्रमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालको संविधानलाई समर्थन नगर्ने भन्दै सांकेतिक चेतावनी दिएको थियो भने, भारतीय सरकारले हिजो राति उकदमै कडा प्रेस वक्तव्य निकाल्दै सीमा नाका सिल गरि ढुवानी बन्द गर्ने सम्मको चेतावनी दिएको थियो ।
No comments: