» » राष्ट्पति रामवरण यादव र प्रचण्डबीच भेटघाट

काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति डा. रामवरण यादवसँग एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आज शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीच समसामयिक राजनीतिक स्थिति र संविधान निर्माणमा भएका प्रगतिबारे कुराकानी भएको थियो ।

राष्ट्रपति यादवलाई अध्यक्ष दाहालले प्रदेशको सीमाङ्कनमा चित्त नबुझी आन्दोलन गरिरहेका मधेसवादी दलहरुले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूहरु तयार रहेको भेटवार्ताका क्रममा जानकारी गराउनुभएको थियो ।

साथै अध्यक्ष दाहालले आन्दोलनरत मधेसवादी दललाई वार्ता आउन आह्वान गरिसकेको र वार्ताकै माध्यमबाट समाधान खोज्न आफूहरु तयार रहेको बताउनुभएको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले  जानकारी दिनुभयो ।

खड्काका अनुसार संविधान लेखनमा अधिकतम सहमति कायम गर्न आफूहरु प्रयासरत रहेको जानकारी पनि अध्यक्ष दाहालले राष्ट्रपतिलाई दिनुभएको थियो ।

नेपाली काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले आइतबार एक विज्ञप्ति प्रकाशित गरी संयुक्त रुपमा मधेसवादी दललाई वार्तामा आउन आग्रह गर्नुभएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..