» » आर्थिक ऐन २०७२ का सम्बन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । आर्थिक वर्ष २०७२÷०७३ मा व्यवस्था भएको राजस्व नीतिहरुले खुद्रा व्यापारी तथा साना करदाताहरुलाई पारेको प्रभाव सम्बन्धी अन्तक्र्रिया कार्यक्रम असोज ८ गते शुक्रवार होटल अर्किडमा सम्पन्न भएको छ ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्माले आर्थिक ऐन २०७२ मा भएको व्यवस्थाका सम्बन्धमा व्यवसायीहरुको जिज्ञासाको समाधान गर्नु भएको थियो । महानिर्देशक शर्माले भ्याटको थ्रेस होल्ड बढाउने विषयमा व्यवसायी बीचमै मत मतान्तर भएको बताउनुहु“दै कसैले एक करोड पु¥याउनु पर्ने, कसैले थ्रेस होल्ड नै राख्न नहुने त कसैले विद्यमान व्यवस्था नै ठीक भनिरहेको सन्दर्भ जोड्नुहु“दै गत वर्ष सरकारले उच्च स्तरीय कर प्रणाली पुनरावलोकन आयोग गठन गरेको थियो र सोही आयोगको सिफारिसमा व्यवसायीहरुको कारोवारको अध्ययन गरेर सवैलाई सन्तुलनामा राख्न थ्रेस होल्डको रकम ५० लाख रुपैया पु¥याइएको जानकारी दिनुभयो ।
कर प्रशासनको कार्यविधिलाई सरलीकृत बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुहु“दै व्यवसायीहरुलाई व्यवसायिक वातावरण बनाउन व्यवसायीको वर्गीकरण गर्ने र साना व्यवसायीलाई कर प्रशासनमा सरलीकृत गरिने पनि बताउनुभयो । २० लाखदेखि ५० लाख भित्रको कारोवार गर्ने व्यवसायीको हकमा कारोवारमा आधारित करको व्यवस्था गरिएको बताउनुहु“दै व्यवसायीलाई कुनै किसिमको समस्या भए उजागर गर्न आग्रह गर्नुहु“दै सरकारलाई छल्ने काम नगर्न चेतावनी दिनुभयो । उहा“ले कुनै मसस्या भए कानुन सम्मत ढंगले समाधान गर्न आफू तयार रहेको समेत बताउनुभयो । महानिर्देशक शर्माले कर र मृत्यु सुनिश्चित भएकाले यसबाट मुक्ति नपाइने बताउनुभयो ।
सवै विचौलिया खराव नभए पनि केही विचौलियाका कारण व्यवसायी र कर प्रशासनबीच समस्या निम्त्याएको बताउनुहु“दै कसैले अनुचित काम गर्न खोजे त्यसको निराकरणका लागि विभागमा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो ।
करदातामैत्री कर प्रशासनको लागि विभाग प्रयत्नरत रहेको जानकारी दिनुहु“दै सरकारले निजी क्षेत्रस“ग मिलेर करका विषयमा सचेतना कार्यक्रम देशव्यापी रुपमा सुरु गर्न लागेको जानकारी दिनुभयो ।
महानिर्देशक श्री शर्माले मिसम्याच कर अधिकृतले गरेको नभई करदाताले खरीद विक्रीको सही विवरण विधि सम्मत ढंगले पेश नगरेकै कारण भएको बताउनुहु“दै कसैले बेइमानी गरेको छ भने भेरिफिकेसनबाट पत्ता लाग्ने बताउनुभयो । उहा“ले विधिसम्मत ढंगले अभिलेख राख्न आग्रह गर्नुहु“दै मानिसको जस्तै व्यवसायको पनि जीवन हुने भएकाले मानिसको जीवन र व्यवसायको जीवनका बीचमा तुलना गर्नु भएको थियो ।
महानिर्देशक शर्माले भूकम्पबाट पूर्ण रुपमा व्यवसाय ध्वस्त भएका पूर्व अनुमानित आय विवरण बुझाउने साना करदाताले जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिससहित आय विवरण बुझाएमा आर्थिक वर्ष २०७१÷०७२ मा लागेको आयकर, घर बहाल कर र अन्तःशुल्क इजाजत नविकरण दस्तुर मिन्हा हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
श्री शर्माले आर्थिक ऐन २०७२ मा आयकर ऐन, २०३१ बमोजिमकोे आयकर र मूल्य अभिबृद्धि कर ऐन, २०५२ ले प्रतिस्थापन गरेका होटेल कर, मनोरञ्जन कर, ठेक्का कर र बिक्रीकर ऐन बमोजिम २०६० साल असार मसान्तसम्म लगत कायम भई असुल उपर हुन नसकेका बक्यौता करमध्ये प्रति लगत बीस हजार रुपैयासम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिन्हा गरिएको बताउनुभयो  ।
महानिर्देशक शर्माले कर फछ्र्यौट आयोग गठन भएको जानकारी दिनुहु“दै हाल कार्यान्वयनमा रहेका आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२, अन्तःशुल्क ऐन २०५८, मदिरा ऐन २०३१, भन्सार ऐन २०६४ तथा यी ऐनभन्दा अगाडि प्रचलनमा रहेका तत् तत् कर कानूनहरु अनुसार आर्थिक वर्ष २०६९÷०७० सम्मको अवधिको कर निर्धारण तथा महसूल निर्धारण २०७१ असार मसान्तसम्म भै सो उपर करदाताले चित्त नबुझाई अदालत वा अन्य कुनै निकायमा विचाराधीन रहेका कर तथा महसूल निर्धारण सम्बन्धी विषय, विभिन्न आर्थिक ऐन तथा अध्यादेशमा गरिएका व्यवस्था अनुसार संकलन गरिने शिक्षा सेवा शुल्क तथा स्वास्थ्य सेवा कर कार्यान्वयनका क्रममा कर प्रशासनबाट आर्थिक वर्ष २०६९÷०७० सम्मको अवधिको २०७१ असार मसान्तसम्म निर्धारित शिक्षा सेवा शुल्क तथा स्वास्थ्य सेवा कर उपर करदाताले चित्त नबुझाई अदालत वा अन्य कुनै निकायमा विचाराधीन रहेका विषय, करदाताबाट एउटा राजस्व शीर्षकमा दाखिला गर्नुपर्ने राजस्व रकम भूलवस अर्को राजस्व शीर्षकमा दाखिला हुन गई कायम भएको बक्यौता सम्बन्धी विषय, आन्तरिक राजस्व विभाग तथा भन्सार विभागले प्रशासन गर्ने कर सम्बन्धी ऐन नियम अनुसार संकलन गर्नुपर्ने कर तथा महसूल संकलन नभै आर्थिक वर्ष २०६९÷०७० सम्मको अवधिको राजस्व बक्यौता सम्बन्धी विषय आयोगको क्षेत्राधिकार भित्र रहेको बताउनुभयो ।
आयोगको समयावधि २०७२ असोज मसान्तसम्म रहेको बताउनुहु“दै विगतमा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रकरणमा छनौट भै परीक्षण तथा अनुसन्धान गर्दा नक्कली विजक प्रयोग गरी कर छली गरेको पुष्टि भई कर निर्धारण भएका विषय आयोगको कार्यक्षेत्र अन्तर्गत नपर्ने पनि बताउनुभयो
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्री पवित्र बज्राचार्यले आफ्नो समस्यालाई समयमा आवाज नउठाउने, समस्या परिसकेपछि भौतारिने प्रवृत्ति साना व्यवसायीमा बढेको बताउनुभयो । व्यवसाय आफू गर्ने विवरण बुझाउने काम अरुलाई लगाउने, समय समयमा आफ्नो व्यवसायको अवस्था के छ भनेर नबुझ्नाले व्यवसायीहरुले दुःख पाइरहेको बताउनुभयो । समयमा आय विवरण नबुझाउने, अप्ठेरो परेपछि संघलाई गुहार्ने अवस्था बढेको बताउनुहु“दै ऐन कानुन मलाई थाहा छैन भनेर कुनै व्यवसायीले उम्कन नपाउने बताउनुभयो । व्यवसाय शुरुवात गर्नु अघि ऐन कानुनलाई बुझेर मात्रै शुरुवात गर्न आग्रह गर्नुहु“दै सवै मानिस सवै कुरामा विज्ञ नहुन सक्छन् भन्नुभयो । ५–७ वर्षदेखि भ्याटको थ्रेस होल्ड बढाउनु पर्छ भनेर साना व्यवसायीहरुले माग गर्दै आएकोमा यस वर्ष थ्रेस होल्ड बढेर ५० लाख पु¥याएकोमा सरकारलाई धन्यवाद पनि दिनुभयो । व्यापार व्यवसाय गरेपछि, आय आर्जन गरेपछि कर तिर्नुपर्ने उहा“को भनाई थियो । खाद्यान्नको कारोवार गर्नेको सवालमा आगामी वर्ष भ्याटको थ्रेस होल्ड १ करोड पु¥याइदिन अनुरोध गर्नुहु“दै सर्वसाधारणहरुको आकर्षण डिपार्टमेन्टल स्टोरतिर बढ्दै जा“दा खुद्रा व्यवसायीहरु मर्कामा परेको पनि बताउनुभयो ।
नेपाल खुद्रा व्यापार संघका कोषाध्यक्ष श्री राजकुमार श्रेष्ठले नेपाल खुद्रा व्यापार संघमा आवद्धहरु स्वरोजगार गरेर व्यवसाय गर्दै आएकाले व्यवसायीलाई करमा सहुलियत दिन सके व्यापार व्यवसाय अभिवृद्धि गर्न सहज हुने बताउनुभयो ।
उपस्थित व्यवसायीहरुले नजिकिदै गरेको चाड पर्व र केही जिल्लाहरुमा देखिएको असहज परिस्थितिले राजधानीमा आपूर्तिमा समस्या भएकोमा कालो बजारी हुन सक्ने तर्फ सचेत हुन पनि आग्रह गरेका थिए । कार्यक्रममा ललितपुर खुद्रा व्यापार संघका अध्यक्ष श्री राजेन्द्र भण्डारी, भक्तपुरका कोषाध्यक्ष श्री रामप्रसाद सिंह लगायतको उपस्थिति रहेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..