» » महन्थ ठाकुरले पाए सरकारसँग वार्ता गर्ने जिम्मेवारी


काठमाडौ असोज १३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख तीन दलसँग वार्ता गर्नेका लागि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको छ । आज विहान रौतहटमा बसेको मधेशी मोर्चाको बैठकले तमलोपाका अध्यक्ष ठाकुरलाई तीन दलले गठन गरेको वार्ता समितिसँग वार्ता गरि वार्ताको वतावरण तयार गर्ने जिम्मेवारी दिएको मोर्चा सम्बद्ध स्रोतले जनाएको छ ।
मधेशी मोर्चाको तर्फबाट अघि सारिएको शर्तप्रति सरकारी वार्ता समिति प्रतिवद्ध भएमात्र औपचारिक रुपमा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान गरिनेछ । वार्ताका लागि औपचारिक रुपमा पत्र पठाएर आह्वान भएपछि मात्र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले औपचारिक रुपमा वार्ता समिति गठन गरी सरकारसँग वार्ता गर्ने बैठकले निर्णय गरेको छ ।
सरकारसँग वार्ताका लागि अध्यक्ष ठाकुर आजै रौतहटबाट काठमाडौ आउने छन् । काठमाडौ आएपछि समय भए आजै नत्र भोली समितिसँग वार्ता गर्ने मोर्चाले जनाएको छ ।
वार्ता समितिले अध्यक्ष ठाकुरसँग दुई दिन लगातार अनौपचारिक वार्ता गरेका छन् । तर, अध्यक्ष ठाकुर मोर्चाको आधिकारिकता बेगर कुनै ठोस निर्णय दिन सक्नु भएको थिएन । तर आज मोर्चाले उनलाई वार्ता गर्ने अधिकार दिएको हो ।
मोर्चाले मधेशमा परिचालित सेना फिर्ता गर्नुपर्ने, दमन बन्द गर्नुपर्ने, कफ्रयू हटाउनु पर्ने, घाइतेलाई उपचार गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने, विगतमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, आन्दोलनको क्रममा समातिएकालाई रिहा गर्नुपर्ने, आन्दोलनका क्रममा लगाईको मुद्दा खारेज गर्नुपर्ने लगायतका शर्त अघि सारेका थिए । यी शर्तहरुप्रति सरकार सकारात्मक देखिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..