» » वीरगन्जमा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार,सभासदको घर तोडफोड

वीरगंज, आश्विन ५ गते ।  वीरगन्जको माइस्थानमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम बिस्फोट भएर गाडीमा आगो लागेपछि गाडीमा सवार ३ प्रहरी घाइते भएका छन् ।

माइस्थानमा रहेको पर्सा क्षेत्र नम्बर १ बाट निर्वा्चित कांग्रेस सभासद राजेन्द्रबहादुर अमात्यको घरमा प्रदर्शकारीले तोडफोड गर्न थालेपछि सुरक्षा दिन पुगेको प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरिएको थियो । आगोले पोलेर प्रहरी हवल्दार कृष्णबहादुर नेपाली, प्रहरी जवान राजु परियार र राजकिशोर यादव घाइते भएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..