» » अफगनिस्तानमा ९४ जना आतङ्ककारी मारिए भने १२ जना सेना

काबुल, २४ भदौ । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँका राष्ट्रिय सेनाको सञ्जालले गत दुई दिनभित्र गरेको आतङककारीविरुद्धकोे कारबाहीमा ९४ जना आतङ्ककारी मारिएको जनाइएको छ ।

सोही अवधिका छुट्टाछुट्टै ती आक्रमणहरुमा परी १२ जना सेनाले पनि ज्यान गुमाएका जानाइएको छ । अफगान गृह मन्त्रालयले विहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

तालिवान आतङ्ककारीहरुका विरुद्धमा गत ४८ घन्टायता अफगानिस्तानका १४ वटा प्रान्तमा शृङ्खलाबद्ध रुपमा जारी यस कारबाहीमा अन्य ७६ आतङ्ककारी घाइते हुनुका साथै चार जना पक्राउ परेका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीका क्रममा सेनाले सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गगरी ३० वटा बम निष्क्रिय बनाएको बताइएको छ ।

तालिवान आतङ्ककारी समूहले यस आक्रमणको हालसम्म कुनै टिप्पणी भने नगरेका जनाइएको छ ।

अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारीविरुद्ध कारबाही जारी राखेका छन् ।

केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरुले पनि सुरक्षाकर्मीमाथि जाइलाग्ने गरेका छन् ।

अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..