» » गौर निषेधाज्ञा आन्दोलनकारी तोडेपछि झडप, दर्जनौ शेल अश्रु ग्यास प्रहार


रौतहट, भदौँ १६ गते । संयुक्त मधेशी मोर्चाले अहवान गरेको बन्द लाई समर्थण गर्दै मुस्लिम समाज संघ रौतहटले बुधवार देखि सदरमुकाम गौरको नयाबस पार्कमा कार्यक्रम गर्न र राईस मिलमा कोणसभा गर्नको लागि त्यहा कार्यकर्ताहरुलाई लिएर आएपछि प्रहरी र आन्दोलनकारी बीच झडप भएका छन ।
सदरमुकाम गौरमा जिल्ला प्रशासन कार्यलयले गौर चपुर सडक खण्डको १ किलो मिटर दाँया बाँया कुनै किसिमको गोष्ठी, सभा, नारा जुलुश, ५जना भन्दा बढी मानिसको संख्यामा न उभने जस्ता कार्यक्रम माथि तोकेको निषेधाज्ञा क्षेत्र घोषणा गरेको लाई तोडन खोजेपछि प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो ।
आन्दोलनकारीहरुले गौर बजार भित्र पस्न खोज्दा प्रहरीहरु रोक लगाएको थियो । तर आन्दोलनकारीहरु विभिन्न बाटो भएर बजारमा प्रवेश गरेर कविर चौक नजिक आएर बाटोमा बसेको थियो । त्यँहाबाट आन्दोलनकारीहरु लाई तितर वितर पार्नको लागि प्रहरीले दर्जनौ आँसु ग्यास प्रहार गरेको थिए । गौर सदरमुकामको विभिन्न चौक चौकमा आन्दोलनकारीहरुले निषेधाज्ञा तोरेर टायर बालेर नारा जुलुश गरेको छ ।
स्वत स्फूर्त रुपमा आन्दोलनलाई अझै उत्कर्ष विन्दुसम्म पु¥याउनको लागि हजारौ हजारको संख्यामा गाँउ गाँउ बाट जनताहरु गौरमा आएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..