» » किन गरेन् स्वागत संयुक्त राष्ट्र संघले नेपालको संविधानलाई

काठमाडौं,आश्विन ५ गते । विश्वको शक्तिशाली मुलुकको रुपमा चिन्ने संयुक्त राष्ट्र संघले पनि नेपालमा जारी भएको नेपालको संविधान २०७२ लाई स्वागत गरेनन् ।
संयुक्त राष्ट्र संघद्धारा जारि गरिएको विज्ञप्ती नेपालमा नयाँ संविधान घोषणा भएको जानकारी प्राप्त भएको भन्दै देशको विभिन्न भागमा भई रहेको हिंसात्मक घटनाको बारेमा ध्यानकार्षण भएको जनाएको छ । 
राष्ट्रसंघले नेपालमा जारी भएको नयाँ संविधानपछि बृहत राष्ट्रिय हितका लागि काम गर्न राजनीतिक नेतृत्वलाई आग्रह गरेको छ । राष्ट्रसंघीय महासचिवलाई संविधान जारी भएको जानकारी प्राप्त भएको व्यवहोरा उसको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन डुजरिकले विज्ञप्ति जारी गर्दै संविधान जीवन्त दस्तावेज भएकाले थप लचकताका साथ अघि बढ्न आग्रह गर्नुभएको हो । त्यस्तै, अहिले भएका हिंसाप्रति चासो राखेको राष्ट्रसंघले शान्तिपूर्ण प्रदर्शन र संविधानसभाको स्वतन्त्रताको सम्मान गर्दै सम्वाद मार्फत् अघि बढ्न जोड दिएको छ । नेपाली जनताले शान्तिपूर्ण र लोकतान्त्रिक मुलुक चाहेको विज्ञप्तिमा उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..