» » प्रेस काउन्सिलबाट पुरस्कृत हुनेको लिस्ट यस्तो छ


काठमाडौँ, असोज ५ गते । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार कौशल चेम्जोङलाई प्रदान गर्ने भएको छ ।

काउन्सिलको ४६ औँ वार्षिकोत्सवको अवसरमा रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिन लागिएको हो । काउन्सिलका संस्थापक अध्यक्ष गोपालदास श्रेष्ठका स्मृतिमा स्थापित सो पुरस्कार हरेक वर्ष एक जना वरिष्ठ सञ्चारकर्मीलाई प्रदान गरिँदै आएको छ ।

विसं २०४५ मा उदयपुरबाट प्रकाशित ‘त्रियुगा’ अद्र्धसाप्ताहिक र २०५१ सालमा प्रकाशित ‘टङ्केला’ साप्ताहिक पत्रिकाबाट चेमजोङले पत्रकारिता पेसा सुरु गर्नुभएको हो ।

यस्तै १३ वरिष्ठ पत्रकारलाई पनि सम्मान गरिने भएको छ । सम्मानित हुनुहुनेमा पन्नालाल गुप्ता, मणिराज उपाध्याय, मदनमणि दीक्षित, कमल कोइराला, हिरण्यलाल श्रेष्ठ, इन्द्रकान्त मिश्र, कृष्णा ताम्राकार, पे्रमकुमारी पन्त, राजेश्वर नेपाली, शिवप्रसाद देवकोटा, अमृता लम्साल र बारबरा एडम्स हुनुहुन्छ ।

यस्तै काउन्सिलले रेडियो नेपाललाई यस वर्षको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ प्रदान गर्ने भएको छ । ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ भने ‘दायित्व’ द्वैमासिक र ‘दोभान’ त्रैमासिकलाई प्रदान गरिनेछ । ‘प्रेस काउन्सिल स्तम्भ लेखन’ पुरस्कार चक्रपाणि नेपाल, शारदारमण नेपाल, राम सञ्जेल र भारती उपाध्यायले पाउनुहुने छ । ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ ‘छारगोमा मासिक’लाई प्रदान गरिने भएको छ ।

‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’बाट शुभेच्छाविन्दु तुलाधर, माला कर्ण, कल्पना आचार्य र मधु शाही पुरस्कृत हुनु हुनेछ । ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’बाट अरुण बराल, प्रेमचन्द्र झा मोहम्मद हारुन, सत्यनारायण चौधरी पुरस्कृत हुनुहुने छ । ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ भने भारती चौधरी, नेपोलियन चेपाङ, दिनेश यादव, सुनिता रेग्मी, विजय सन्तोषी राईलाई प्रदान गरिने छ ।

‘प्रेस काउन्सिल युवा सशक्तीकरण पुरस्कार’बाट योगेश पोखरेल, लक्ष्मण खड्का, अमन कोइराला र त्रिभुवन पौडेल तथा ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ राजबहादुर कुँवर, मुकेशचन्द्र राजभण्डारी, शत्रुघन नेपाललाई प्रदान गरिने भएको छ । ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’बाट टङ्क कुँवर, दुर्गा अधिकारी, रत्न आचार्य, शिवदयाल यादव, इन्द्र पौडेल पुरस्कृत हुनुहुने छ ।

काउन्सिलले हरेक वर्ष असोज ६ गते आफ्नो स्थापना दिवसका अवसरमा सो पुरस्कार प्रदान गर्दै आएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..