» » ‘मलाई घर फर्कने वातावरण मिलाइदिनुहोस,’ः राष्ट्रपति

काठमाडौँ, आश्विन ६ गते । राष्ट्रपति डा.रामवरण यादवले मधेसमा भइरहेको आन्दोलन र असन्तुष्टिलाई सम्बोधन गर्न मंगलबार प्रधानमन्त्री सुशील कोइरालाले शितल निवास पुगेर आग्रह गरेका छन् ।
विगत ४० दिनदेखी तराइृ मधेशमा लगातार बन्द र हडतालका कारण मधेसका लाखौं नेपालीले दिनहुँ पीडा र अप्ठ्यारो भोगिरहनुपरेकाले ‘आफैं गएर जनताको कुरा सुन्न’ र समस्या समाधान गर्न उनले कोइरालालाई आग्रह गरे ।
‘मलाई घर फर्कने वातावरण मिलाइदिनुहोस,’ दुई मन्त्रीसहित शीतल निवास पुगेका कोइरालालाई यादवले भनेका थिए, ‘नयाँ संविधानअनुसार शीतल निवासमा म बस्ने भनेको एक महिना हो । म त जनकपुर फर्कनै पर्छ । त्यो वातावरण छैन ।’

मधेसमा भइरहेको अशान्ति र जनताले पाएको दुस्खलाई जनकपुरको उदाहरण दिएर राष्ट्रपति यादवले प्रधानमन्त्रीलाई समस्या बुझाउन खोजेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..