» » जनकपुरमा प्रहरीको गालीले ३ आन्दोलनकारी लगायत २० जना घाइते,अवस्था तनावग्रस्त

जनकपुरधाम, भदौ २१ गते । मधेसी मोर्चाका प्रर्दशनकारीले उग्ररुप लिदैँ जनकपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय आगो लगाएर ध्वस्त बनाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, स्थानीय युवा क्लबहरु, उद्योगी व्यापारी र राष्ट्रिय मुस्लिम गठबन्धनसहित हजारौंको संख्यामा सदरमुकाम जनकपुर आइपुगेका प्रर्दशनकारीले लाठी जुलुश प्रर्दशन गर्दै जनकपुर उपमहानगरपालिका–४ पियरिया माईस्थानस्थित कांग्रेसको कार्यालय जलाएका हुन् ।

प्रर्दशनकारीहरुले कार्यालयमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनीले कार्यालयको सरसामान खरानी भएका छन् । हजारौंको संख्यामा प्रर्दशनकारी लाठी, हथौडा र अन्य घरेलु हतियारसहित सडकमा उत्रिएपछि प्रहरीलाई सरकारी कार्यालयको सुरक्षामा खटाइएको थियो ।

प्रर्दशनकारीहरुले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय नजिक प्रर्दशन गरेपनि सरकारी कार्यालयहरुमा प्रहरी बसेको मौका छोपी कांग्रेसको कार्यालय जलाएका हुन् । प्रर्दशनकारीले एमालेको पार्टी कार्यालय जलाउनेसमेत प्रयास गरेका छन् । प्रर्दशनकारीहरुलाई रोक्न गएका प्रहरीसँग अहिले जनकपुरको स्वर्गद्धारी समशान घाट र रामचौकमा झडप भइरहेको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रृग्यास र रबरको गोली प्रहार गरेको छ । अहिले जनकपुरको अवस्था तनावग्रस्त रहेको छ ।
जनकपुरमा रहेको एमाले जिल्ला कमिटीको कार्यालयमा आगजनी गर्न गएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्न रबरको गोली चलाएको थियो । प्रहरीको गोली लागेर रञ्जीत साह, रमेश चौधरी, सुनिल राउत घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कांग्रेस कार्यालयमा आगजनी गरेपछि प्रदर्शनकारीहरु एमाले कार्यालयमा आगजनी गर्न जाँदै थिए । प्रहरीको लाठीचार्ज र गोली प्रहारबाट घाइते २० जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्य तीन जनाको धनुषा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..