» » सेनाको ट्रक दुर्घटना हुदाँ २ जनाको मृत्यु,६ गम्भिर जना घाइते

सिरहा,भदौ ३० गते । सिरहाको कसहा नजिक पुर्व पश्चिम राजमार्गमा नेपाली सेनाको खाद्यन्नले भरिएको ट्रक दुर्घटना हुँदा दुई नेपाली सेनाको मृत्यु भएको छ, भने ६ जना नेपाली सेना गम्भीर घाईते भएका छन् ।

लहानको खाद्यसंस्थानबाट चामल लिएर सिरहा करागार जाँदै गरेको सिरहा चोहर्वाको नयाँ गोरख गणको बा १ ग १९१३ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जना नेपाली सेनाको मृत्यु भएको छ,भने ६ जना गंभीर घाइते भएका छन् । घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पताल र राउस्मारक अस्पतालमा उपचार भैरहेको थियो । सिरहाको अस्पतालहरुमा घाइतेहरुको उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर बाट मृतक र घाइते सेना लाई काठमाण्डौ रेफर गरिएको छ । दुर्घटनामा परि मृत्यु हुने दुवै जना नेपाली सेना रहेपनि उनीहरुको पद नाम खुलेको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..