» » विराटनगरमा प्रहरीको गौली लागि वालक, महिला सहित ३ जना घाइते


विराटनगर,आश्विन ४ गते । विराटनगरमा आज मध्याह्न प्रहरीले प्रहार गरेको गोलीबाट एक महिला सहित एक वालक गरि तीनजना घाइते भएका छन् ।
प्रहरीको गाली लागि घाइते हुनेमा विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी रहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
१४ वर्षिया वालक अजय सहनी लाई बायाँ करङमा, २० वर्षिया युवती पिनकी केशरीलाई दाहिने काखीमुनि र १८ वर्षिया विशाल केशरीलाई गालामा लागेर गोली चिप्लिएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभयो । तीनैजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेकोे उहाँले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..