» » काँग्रेसले दिएको सहयोग घाइते आन्दोलनकारीद्धारा अस्वीकार

काठमाडौ भदौ १८ गते । बारा र पर्साको आन्दोलनमा घाइते भइ अस्पतालमा भर्ना भएका घाइतेहरुले काँग्रेसले दिएको सहयोग फिर्ता गरेको छ । नारायणी अस्पतालमा उपचार गराई रहेका आन्दोलनकारी घाइतेलाई पर्सा क्षेत्र नं. १ का सभासद् राजेन्द्र अमात्यमार्फत सहयोग स्वरुप रकम बाँडेका थिए ।
अमात्यका सो रकम त्यहाँका नगरसभापति सहाबुदिन अन्सारीले घाइतेका कुरुवालाई ११ हजारको दरले तीन जनालाई सहयोग गरेका थिए । यो रकम कसले दियो भने कुरा त्यतिबेला कुरुवाहरुलाई थाह भएन अनि पछि बुझ्दै जाँदा काँग्रेसको पैसा हो भनि थाह पाएपछि घाइतेहरुले मधेशवादी दलका नेताहरुलाई बोलाएर रकम फिर्ता गरेको थिए ।
जुन पार्टीले यत्रो दमन गरेका छन्, सेना प्रहरी लगाएर गोली बर्साएका छन् आज सोही पार्टीका नेताले पैसा दिएको र त्यसलाई स्वीकार नगर्ने भन्दै मधेशी नेतामार्फत सिडियो मार्फत रकम फिर्ता गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा नेता सोनीले बताए ।
एकातिर गोली हान्न लगाउने र अर्कोतिर मधेशी जनताको मन जित्ने प्रयास गर्दै रकम बाँडिएका आरोप लगाएको छ । आन्दोलनमा काँग्रेसका पूर्व सभापति स्व.गिरीजा प्रसाद कोइरालाको सालिक ढाल्नुको साथै काँग्रेस, एमालेका पार्टी कार्यालहरु पनि जलाइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..