» » घाइते भई नर्भिकमा उपचार गराइ रहेका आन्दोलनकारी विच्छाको मृत्यु

साँकेतिक फाइल फोटो

काठमाडौ भदौ २५ गते । बुधबार साँझ जलेश्वरमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागि काठमाण्डौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका विरेन्द्र बिच्छाको दुई दिनपछि आज मृत्यु भएको छ ।
जलेश्वर अस्पतालबाट उपचारको लागि जनकपुर पुरयाइएको उनलाई थप उपचारको लागि सोही दिन हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । सोही राति उनको शल्यकृया भएपनि अवस्था नाजुक रहदै आएका थिए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादवका अनुसार विच्छा उपचार गराई रहेकै क्रममा मृत्यु भएको हो ।  यो संगै महोत्तरीमा प्रहरीको गोली लागि चारको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले पनि एक सशस्त्र प्रहरीलाई कुटपिट गरी हत्या गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..