» » आन्दोलनमा पत्रकारको सुरक्षावारे महासंघको गम्भिर ध्यानाकर्षण

वीरगन्ज भदौ १६ गते । संयुत लोकतान्त्रिक मधेशी मोर्चाको आमहडतालमा राज्य र आन्दोलनरत दुवै पक्षबाट फेरी एकपटक नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीहरु असुरक्षित हुनुपरेको घटनाले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको गम्भीर ध्यानाकर्षण जनाएको छ ।
प्रहरीबाट नै सञ्चार माध्यामलाई बन्द गर्ने र पत्रकारमाथि कुटपिट हुनु अत्यन्त दुःखद पक्ष हो भन्दै प्रेसमाथि हस्तक्षेपको फोनिजले घोर भत्र्सना गरेको छ । फोनिजका महासचिव गजुरधन राईद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा प्रहरीले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र पठाएर काठमाडौंटुडे अनलाईनलाई बन्द गराउनु ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साका जिल्ला उपाध्यक्ष तथा वीरगञ्जबाट प्रकाशित हुने नायारायणी टुडे दैनिकका सह–सम्पादक जगत राई वीरगञ्जमा प्रहरीबाटै कुटिनु लगायतका घटनाले प्रेसमाथि फेरी अंकुश लगाउने खोजिएको पुष्टि भएको जनाएको छ । पत्रिकाको काम सकेर प्रेस लेखेको ज्याकेट, जिल्ला प्रशासनले जारी गरेको कफ्र्यु पास बोकेर घर फर्कदा अस्ती राति ८ बजे पावरहाउस चोकमा राईलाई प्रहरीले कुटपिट गरेको थियो ।
प्रेसमाथिको हमलालाई रोक्न राज्य र आन्दोलनरत दुवै पक्षलाई आग्रह गर्दै वीरगञ्जका पत्रकार जगत राईमाथि विनाकारण भएको आक्रमणको छानवीन गरि दोषि उपर कारबाही गर्न माग गरेको छ । कुनै मिडियाले आचारसंहिता उन्लंघन गरे नगरेको छानवीन गरि कारबाही गर्ने जिम्मेवार निकाय प्रेस काउन्सील हुँदा हुँदै प्रहरीले मिडिया बन्द गरिनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सञ्चारमाध्यममाथि रोक लगाउने, सञ्चारकर्मीलाई कुटपिट गर्ने घटनाको फोनिजले घोर निन्दा समेत गरेको छ । यस्तै आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले पनि पत्रकार जगत राईलाई प्रहरीले गरेको कुटपिटको घोर भत्र्सना गरेको छ । फोनिज पर्सा शाखाका सचिव निरज पिठाकोटेले हिजो विज्ञप्ति जारी गरी सोमबार प्रहरीले फोनिजका पर्सा शाखा उपाध्यक्ष एवं नारायणी टूडे दैनिकका सहसम्पादक जगत राईलाई कुटपिट गरेकोले घटनाको जति निन्दा गरेपनि नपुग्ने भन्दै दोषी प्रहरीमाथि कारवाही गर्न माग गरेको छ

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..