» » सरकारी वार्ता समितिको मधेशी दलसँग वार्ता

फाइलफोटो

काठमाडौ असोज ११ गते । सरकारले आज गठन गरेको वार्ता समितिले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र तराई मधेश लोकतान्त्रिक पार्टीसँग वार्ता गरेको छ ।
आजको वार्ताका वार्ता समितिले आन्दोलनलाई केही खुकुलो पारी वार्तामा बस्न आग्रह गरेको छ भने आन्दोलनरत पक्षले आआफ्नो मागको बारेमा जानकारी गराएको छ । साँझ भएको छुट्टा छुट्टै भएको बार्ताको बारेमा तमलोपाले मधेशी मोर्चाका अन्य दललाई जानकारी गराउने अनि त्यसपछि अर्को बैठक बस्ने जानकारी समितिलाई दिएको स्रोतले जनाएको छ ।
वार्तामा समितिमा एमाआवादीका नारायणकाजी श्रेष्ठ, काँग्रेसका महेश आचार्य र एमालेका अग्नी खरेल रहेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..