» » पकिस्तानमा बम विस्फोट,दश जनाको मृत्यु दर्जनौँ घाइते


पाकिस्तान,भदौँ २८ गते । पाकिस्तानको पञ्जाव प्रान्तको मुल्तान शहरमा गरिएको विस्फोटमा कम्तीमा पनि दश जनाको मृत्यु भएको छ ।
विस्फोटबाट अन्य ५९ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । गएराति भएको सो विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्थानीय प्रहरी अधिकारीका अनुसार बम एउटा मोटरसाइकलमा ल्याइएको थियो । तर केही संचारमाध्यमले भने रिमोट कन्ट्रोलको मद्दतमा बम विस्फोट भएको विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।
एउटा मोटरसाइकल विद्युतीय रिक्सामा ठोक्किएपछि विस्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै केही संचारमाध्यमले जनाएका छन् । विस्फोट मुल्तानको एउटा बस पार्कमा भएको हो । घटनास्थलमा ठूलो खाडल बनेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..