» » तीन दलमाथि सविधान निर्माणको प्रकृया रोक्ने दवाव

काठमाडौँ, भदौ २५ गते । सविधान निर्माणको प्रकृयालाई रोकेर भएपनि आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने पर्ने दवाव बढेको छ । भारती राजदूत रञ्जित रे पनि आज विहानैदेखि शीर्ष नेताहरुलाई भेटेर सविधान निर्माणको प्रकृया केही दिनका लागि रोकेर भएपनि आन्दोलनरत पक्षसँग वार्ता गर्न सुझाव दिएको छ ।
उनले मात्रै होइन राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न संघ सगठनलगायतले सविधान निर्माणमा हतार नगर्न सुझाव दिएको छ । तीन दलका दुई दल काँग्रेस र एमओवादी पनि सविधान निर्माण प्रकृया रोक्ने पक्षमा देखिएका छन् तर एमाले जसरी पनि सविधान निर्माण गर्ने र सविधान निर्माण गरिसकेपछि मात्र वार्ता गर्ने सोचमा रहेका छन् ।
अहिले तीन दलको बैठक बालुवाटारमा जारी छ । प्रकृया रोक्ने बारे तीन दलको बीचमा छलफल भइरहेका छन् । बैठक स्रोतले भने, काँग्रेसका संस्थापक पक्षले मानेपनि शेरबहादुर देउवा मान्न तयार छ्रैन भने । एमाले पनि टसमस भइरहेका छैन ।
यसै बीच यता तीन दलको बैठक चालि रहँदा संविधानसभाको बैठक पनि प्रभावित भएको छ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि प्राप्त संशोधनमाथिको छलफल आज पनि जारी रहेको छ ।

बोल्नका लागि नाम टिपाएका केही सदस्यका नाम छलफल चाँडो सक्न भन्दै बिहीबार कटाइएको बताए पनि प्रमुख दलका शीर्ष नेताहरू वार्ता र संवादका लागि बालुवाटारमा बैठकमा रहेकाले आज पुनः बोल्ने सभासद्को नाम थपिएको छ ।

नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारीले हाल प्रस्तुत भएको विधेयक र संशोधनका आधारमा कुनै प्रभावमा नपरी खुट्टा नकमाई संविधान निर्माण प्रक्रिया अघि बढाउन शीर्ष नेतालाई आग्रह गर्नुभयो ।

सभासद् रामकृष्ण यादवले मुलुकलाई स्थिरता र समृद्धिमा लानका लागि चाँडो संविधान आउनुपर्ने भनाइ राख्नुभयो ।

सभासद् तारिणीदत्त चटौतले प्रक्रिया बहिष्कार गर्ने दललाई सहभागी गराउने अन्तिम प्रयास गर्न आग्रह गर्दै प्रमुख दलका तर्फबाट प्राप्त संशोधनको समर्थन गर्नुभयो ।

एमालेका भीमप्रसाद आचार्यले अनेक बहानामा संविधान बन्न र नेपालको विकास गर्न नदिने राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्वार्थ राख्नेहरु र विखण्डनवादी तत्वले खेल्न खोजे पनि राष्ट्रवादी जनताको चाहनाअनुसार मुलुकले संविधान पाउने बताउनुभयो ।

सभासद् विशाल भट्टराईले प्रस्तुत विधेयक र यसमाथिका प्रमुख दलका संशोधन प्रस्तावको हाललाई समर्थन गरेर जान आग्रह गर्दै असन्तुष्ट पक्ष वार्ता र संवादमा आउनुपर्ने धारणा राख्नु भयो ।

एमालेका आनन्दप्रसाद पोखरेलले मुलुकमा वामपन्थी र प्रजातान्त्रिक शक्ति एक हुँदा परिवर्तनको उपलब्धि प्राप्त हुने गरेको बताउनुभयो ।

सभासद् अमरबहादुर थापाले कटाइसकिएका नामलाई समावेश गरेर पुनः बोल्न दिई छलफल लम्ब्याइएको भन्दै वार्ताका नाममा धेरै समय व्यतित नगर्न जोड दिनुभयो ।

एमाओवादीका ललिताकुमारी रेग्मीले संविधान आउने कुराले खुसी तुल्याए पनि सबै क्षेत्र र समुदायका जायज माग सम्बोधन हुन नसकेको बताउनुभयो । एमाओवादीका जानकीदेवी साउदले प्रमुख दलका संशोधन प्रस्तावका केही विषय उपयुक्त विषय भए पनि सबै विषय नसमेटिएको बताउनुभयो ।

मस्यौदा समितिका सभापति सिटौलाले “नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि सभामा दफाबार छलफल गरियोस्” भनी यही साउन २२ गतेको बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको थियो ।

परिमार्जित विधेयकमाथि सभासद्ले दर्ता गराउनुभएका ५४ वटा संशोधनका प्रस्ताव संविधानसभामा प्रस्तुत भएका थिए । दफाबार छलफलमा बोल्नका लागि सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

छलफलको अन्त्यमा आजै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नुहुने कार्यक्रम छ । त्यसपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिएपछि छलफल समाप्त भई संशोधन प्रस्तावमा मतदान प्रारम्भ हुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..