युनाइटेड किंगडम, भदौ १७ गते । एशोसिएशन अफ नेपाल मधेशी इन यूके(एनमुक) नामक लण्डनमा रहेको मधेशीहरुको संगठनले मधेशमा भइरहेको आन्दोलनका साहदत प्राप्त गरेकाहरुको परिवारहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।
पहिलो चरणमा एशोसिएशन अफ नेपाल मधेशी इन यूकेले सप्तरीको भारदहमा प्रहरीको गोलीबाट मारिएका राजिव राउतको परिवारका लागि ६० हजार नेपाली रुपैयाँ उपलब्ध गराएको छ ।
एशोसिएशन अफ नेपाल मधेशी इन यूकेका अनुसार केही दिनभित्रै राउतका परिवारलाई उक्त रकम हस्तान्त्रण गरिनेछ । एशोसिएशन अफ नेपाल मधेशी इन यूके दिएको जानकारीअनुसार मधेश आन्दोलनमा साहदत प्राप्त गरेका अन्य सहिदका परिवारलाई पनि तत्काल सहयोग उपलब्ध गराईनेछ ।
No comments: