» » पत्रकारद्धारा संविधानको विरोधमा कालो पट्टी बाँधेर मौन जुलुस प्रर्दशन (फोटो फिचर)


राजविराज, आश्विन ३ गते । प्रमुख तीन दलले ल्याएका मधेश विरोधी, प्रेस विरोधी संविधानको विरोधमा मधेशका जिल्लाका पत्रकारहरु पनि जारी मधेश आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै आन्दोलित भएका छन् । राजविराजका पत्रकारहरुले मधेश विरोधी संविधानको विरुद्धमा पुर्व घोषित कायृक्रम अनुसार कालो पट्टी बाँधेर मौन जुलुस गरी प्रदर्शन गरेका छन् ।

आज जारी हुने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित नगरिएको भन्दै पत्रकारहरु पनि यसको विपक्षमा देखिएका छन् । पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता गर्नुपर्ने मागसहित सप्तरीका पत्रकारहरुले आइतबार बिहान राजविराजमा मौन जुलुश निकालेका छन् ।

मधेशी पत्रकार संघ, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल, मधेशी पत्रकार समाज, मैथिली पत्रकार परिषद, नेपाल प्रेस युनियन र आदिवासी जनजाती पत्रकारको संयुक्त आयोजनामा जुलुश निकालिएको हो । पत्रकारहरुले ‘पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता गर’ लेखिएको ब्यानरसहित हात र टाउकोमा कालो कपडा बाँधेका थिए ।
उनीहरुले संविधानको विरोध गरेको नभई पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफूहरुको आन्दोलन भएको बताएका छन् । भने अव मधेशी पत्रकार संघ, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल, मधेशी पत्रकार समाज, मैथिली पत्रकार परिषद, नेपाल प्रेस युनियन र आदिवासी जनजाती पत्रकारको संयुक्त आयोजनामा निम्न काम गर्ने पुर्व घोषित कार्यक्रम रहेको छ ।

१. हातमा कालो पट्टी बाँधेर कार्य सम्पादन गर्ने ।
२. राजविराजवाट प्रकाशित पत्रिकाहरुले आईतवार र सोमवारको अंकमा सम्पादकियको ठाउँमा कालो पोतेर प्रकाशन गर्ने ।
३. एफएम रेडियोहरुले साँझ ७ बजे देखि १५ मिनेट शोक धुन वजानउने । 


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..