» » वीरगंजमा लगातार कर्फयूको कारण जनजीवन कष्टकर बन्दै

वीरगंज, भदौ १८ गते । वीरगञ्जमा लगातार पाँचौ दिन कफ्र्यु जारी रहेकोले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाको आह्वानमा २० दिनदेखि जारी बन्द र प्रदर्शनका कारण प्रशासनले कफ्र्यु लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेर पाँच दिन अगाडि लगाइएको कफ्र्यु आजसम्म पनि जारी नै राखेको छ । लगातारको बन्द र गत सोमबारदेखि कफ्र्युका कारण स्थानीय जनजीवन प्रभावित भइ एकदमै मर्कामा परेको छ । बिहीबार साँझ २ घण्टाका लागि कफ्र्यु हटाइएपछि स्थानीयले अत्यावश्यक उपभोग्य सामाग्रीको जाहो गर्न पाएका थिए । तर, उपभोक्ताले उपभोग्य बस्तुको चर्को मूल्य तिर्नुपरेको छ ।
लगातार बन्दका कारण उपभोग्य बस्तुको आपूर्ति सहज हुन सकेको छैन । अन्य दिनको तुलनामा आज वीरगञ्जमा कफ्र्यु केही खुकुलो देखिएको छ । मुख्य सडक र राजमार्गमा सुरक्षामा कडाई भए पनि भित्री सडकमा अत्यावश्यक कामका लागि सर्वसाधारणको आवतजावतमा अवरोध देखिएको छैन । उता बारामा पनि कफ्र्यु जारी छ । जिल्ला प्रशासन कार्यालय बाराले परवानीपुर–पथलैया र कलैया–वीरगञ्ज सडकखण्डमा साँझ ८ बजेदेखि बिहान ७ बजेसम्म कफ्र्यु जारी राखेको छ । कलैयालाई १ महिनाका लागि दङ्गाग्रस्त क्षेत्र घोषित गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..