» » आफ्नै खेतवारीको रुख काट्न अव अनुमति लिनुपर्ने

काठमाडौं – खेतबारीका डिलमा रहेका रुख काट्न अब सरकारी अनुमति लिनु नपर्ने भएको छ । संशोधित वन नियमावलीले सर्वसाधारणको समस्या फुकाइदिएको हो ।

नियमावलीमा आँप, सिसौ, टुनी, टिक, निम, इपिलिपिल, लहरेपिपल, बकाइनो, मोलाटो, कदम, कटहर, अम्बा, हलुवावेद, गोल्डमोहर, वीरेन्द्रफूल, कपोक, इमली, मसला, लप्सी, काभ्रो र क्यासिया सिसामिया प्रजातिका रुख काट्न र बेचबिखन गर्न अनुमति लिनु पर्दैन । ‘त्यस्ता रुख काट्न वन कार्यालयसँग छोडपूर्जी नलिई काठ÷दाउरा ओसार पसार गर्न सकिनेछ,’ पाचौंपटक संशोधित नियमावलीमा उल्लेख छ,‘बुद्धचित्त, रिट्ठा, लप्सी, रुद्राक्ष, अमला, टिमुर, तेजपात, बेल, कुरिलो, चिराइतो र मसलाको पात बेच्न पनि अनुमति लिनु पर्दैन ।’

यसअघि निजी आवादी जग्गामा भएका त्यस्ता प्रजातिका रुख वन कार्यालयको अनुमति नलिई काट्न पाइँदैनथ्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..