» » लगातार २४ दिनदेखी जारी कर्फयु केहीवेर हटाएको

वीरगन्ज, आश्विन ६ गते । तराई मधेशमा विगत ४० दिनदेखी लगातार बन्द हडताल, कर्फयुको कारण तराई मधेशको जीवन झन कष्टकर बन्दै गएको छ । यता विरगंजमा भने लगातार विगत २४ दिनदेखि वीरगञ्जमा लगाइएको कफ्र्यु आज बुधबार १६ घण्टाको लागि हटाईएको छ ।
स्थानीय प्रशासनले बुधबार विहान ६ बजेदेखि राती १० बजेसम्म को लागि कफर्यु हटाएको हो । प्रशासनले वीरगञ्जमा २४ औ दिनदेखि कफ्र्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले अत्यावश्यकीय उपभोग्य सामाग्री प्रबन्धका लागि कफ्र्यु हटाइएको जनाएको छ ।
राती १० बजेपछि पुनः अनिश्चितकालका लागि कफ्र्यु जारी रहने बताइएको छ । मधेसवादी मोर्चाको आह्वानमा ४० दिनदेखि जारी अनिश्चितकालीन बन्द, प्रशासनको दङ्गाग्रस्त क्षेत्र घोषणा र कफ्र्युका कारण स्थानीय जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..