» » आन्दोलनलाई सशक्त बनाउन सर्लाहीको शिक्षकद्धारा विरोध र्‍याली

बरहथवा, सर्लाही भदौ २२ गते । सर्लाहीको बरहथवामा सोमवार शिक्षक बुद्धिजीवीहरुले आन्दोलनमा आफ्नो सहभागीता जनाउदै शिक्षक र्‍याली निकालेर नगर परिक्रमा गर्दे आन्दोलनलाई समर्थन गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मागहरु जायज भएकोले राज्यले आन्दोलनलाई तत्काल वेवास्ता नगरि गम्भिरपूर्वक लिन शिक्षकहरुले दवाव दिएका छन् । सर्लाहीमा रहेका सरकारी तथा निजी बिद्यालयका शिक्षकहरु बरहथवामा भेला भई मधेश आन्दोलनमा सहयोग गर्ने उदेश्यले र्‍यालीमा सहभागी भएका छन् ।
शिक्षकहरुले मधेशी मोर्चाको माग पुरा गर, विगतमा भएको सम्झौतालाई कायान्वयन गर, शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर, प्रहरी दमन बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
सो मधेश आन्दोलनको हझै शसक्त वनाउन निकालिएको शिक्षक ¥यालीमा करीब ३ सय शिक्षकहरु सहभागी भएका थिए । शिक्षकहरुले सरकारले जब सम्म मधेश आन्दोलनलाई सम्बोधन गर्देन तबसम्म बिद्यार्थीहरुको भविष्य अन्यौलपुर्ण हुने बताउदै  आफुहरुले सरकारलाई दवाब सिर्जना गर्न आन्दोलनमा उत्रन बाध्य भएको वताए । 
यसरी शिक्षकहरु आन्दोलनमा उत्रिएपछि सर्लाहीमा लाखौ बिद्यार्थीको भविष्य अन्यौलतर्फ धकेलीएको छ । यसरी गुरुहरुनै आन्दोलनमा उत्रिएपछी बिद्यार्थीहरु दिनभरी सडकमा खेलेर समय बिताउन बाध्य भएका छन् । यता शिक्षकहरुको आन्दोलनको बिषयमा बुझ्दाखेरी जिल्ला शिक्षा कार्यलय सर्लाहीले भने यो बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताएको छ ।
शिक्षकहरुले विगत लामो समयदेखी बनद हडतालले गर्दा विद्यार्थीहरुको भविष्य नै अन्यौलमा रहेको र समयमा शिक्षण सामग्री कोर्सहरु पुरा नहुन सक्दा शिक्षा क्षेत्रमा ठुलो गिरावट आइ राज्यलाई नै हानी नोक्सानी पनि हुनसक्ने संकेत कोण सभामा शिक्षकले आफ्नो विचार प्रकट गरे । यसरी धेरै दिन देखी विद्याथीृहरु विद्यालय जान नपाउदा विद्यार्थीहरुमा पढाइको विषय लिएर हतोत्साहित भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..