» » तीन दलले दीपावली मनाउने दिन मधेशी मोर्चाले ब्ल्याक आउट गर्ने मोर्चाको विज्ञप्ति

प्रेस–विज्ञप्ति
हालै रुपन्देहीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको अन्धाधुन्ध गोली प्रहारले ४ बर्षीय बालक र १२ वर्षीय किशोरी समेत ५ जनाको हत्या गरिएको छ । यस्तै बारा, पर्सा, सप्तरी, धनुषा र महोत्तरी लगायतका घटनाले सरकार वार्ताद्वारा समस्या समाधान प्रति गम्भीर नभई जारी आन्दोलन माथि हिंसा, हत्या र दमन गरी दबाउन खोजेको मोर्चाको निष्कर्ष छ । राज्यले फासिवादी चरित्र प्रदर्शन गर्दै जनपद प्रहरी, सशास्त्र प्रहरी र सेना समेत प्रयोग गरी अहिंसात्मक एवं शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेको निहत्था जनतामाथि गरिएको दमन, हिंसा र हत्याको मोर्चा घोर भत्र्सना गर्दछ । शहीदहरु प्रति हार्दिक श्रद्धान्जली र शोक संतप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
      संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा वार्ताको ढोका खुल्ला राख्दै जारी आन्दोलनलाई लक्ष्य सम्म पु¥याउने निर्णय गरेको छ ।
      यसैक्रममा शताब्दियौंदेखि उत्पीडित समुदायमाथी जारी रहेको असमानता र विभेदलाई नै निरन्तरता दिंदै संविधान जारी गरिने दिन इतिहासमा कालो दिन भएको हुँदा सोको विरुद्ध असोज ३ गते मुखमा कालो पट्टी बाँधी कालो झण्डा लिएर वृहत मौन जुलूस प्रदर्शन गर्ने र राति ७ बजे देखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने, त्यसै गरी असोज ४ गते सदरमुकाममा बिशाल प्रदर्शनको आयोजना गरी विरोध स्वरुप संविधान जलाउने निर्णय गरिएको छ ।
        साथै जारी हुन लागेको संविधानप्रति असहमत रहेका र संविधान निर्माणको प्रक्रियाबाट बाहिर रहेका परिवर्तनकारी शक्तिहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरिएको छ ।

 ...............................     ...............................
     उपेन्द्र यादव    महन्थ ठाकुर
       अध्यक्ष अध्यक्ष
संघीय समाजवादी फोरम, नेपाल   तराई–मधेश लोकतान्त्रिक पार्टी


...............................      ................................
    मनिष सुमन    महेन्द्र राय यादव
     महासचिव अध्यक्ष
   सदभावना पार्टी     तराई–मधेश सदभावना पार्टी

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..