» » फोरम नेपालद्धारा नेपालगञ्ज घटनाको घोर भत्सर्ना



काठमाडौ असोज ८ गते । संघीय समाजवादी फोरम नेपालले डेढ महिनादेखि मधेशमा जारी आन्दोलनले तराईको जनजीवन अक्रान्त बनिरहेको बेला आज बिहानैदेखि नेपालगन्जको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा नाकाबन्दीका लागि शान्तिपूर्ण धर्ना बसेका आन्दोलनकारीमाथि प्रहरीले गरेको निर्मम दमनप्रति भत्र्सना गरेको छ ।
प्रहरीको गोली लागि फोरम नेपालका केन्द्रीय सदस्य जगदिश बहादुर सिंह, महिला फोरम बाँकेकी अध्यक्ष ममता बनियाँसहित दर्जनौं आन्दोलनकारी गम्भीर घाइते भएको पार्टीले जनाएको छ । त्यस्तै प्रहरीको लाठीचार्ज र ढुंगामूढाले करिब २० जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको आक्रमणले गम्भीर घाइते भएका जगदिश बहादुर सिंह, ममता बनियाँ, रामसिंह सोनी, अमृत लाल कुर्मी, बद्रुदुजा खाँ लगायतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । त्यस्तै, आधा दर्जन बढी आन्दोलनकारीलाई प्रहरीले हिरासतमा लिएको पार्टीले जनाएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले सुनियोजित ढङ्गवाट प्रहरी प्रशासन परिचालन गरी देशको विभिन्न स्थानमा आन्दोलनकारीमाथि दमन गर्ने, धरपकड गर्ने, लाठी प्रहार अश्रुग्यास हान्ने, गोली हान्ने लगायत कायरतापूर्ण सरकारी दमन र ज्यादती गरिरहेको पार्टीले आज विज्ञप्ति मार्फत जनाएको छ ।
मधेशी, आदिवासी जनजाति, थारु, महिला, दलित, मुस्लिम, पिछडावर्गको मुक्तिसंघर्ष भएकोले सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाएर दमनमा उत्रेकोले जनताको अधिकार रक्षा र मानव अधिकार सम्मानका लागि स्वतन्त्र अनुगमन एवं पहल गरिदिनुहुन पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । 
मधेश÷थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई राजनीतिक रुपमा समाधान गर्नुको सट्टा चरम दमनमा उत्रेको सरकारलाई तत्काल दमन बन्द गरी सेना फिर्ता गर्न चेतावनी समेत दिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..