» » शहिदहरुको शोकमा सामुहिक कपाल मुन्डन

 
वीरगन्ज, भदौ २० गते । मधेश आन्दोलनका क्रममा वीरगन्जमा सुरक्षाकर्मीको गोलीबाट मारिएकाहरुको शोकमा वीरगन्जका युवाहरुले सामुहिक मुन्डन गरेका छन् ।  मधेश र मधेशीको अधिकारको लागि सहादत प्राप्त गरेको भन्दै वीरगन्ज १० गहवाका एक युवा समूहले कपाल मुण्डन गरेका हुन् ।
मधेस आनदोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीका लागि उनिहरुले कपाल खौरिएका छन् ।  यसरी मुण्डन गर्नेमा वीरगन्ज १० गहवाका ५३ वर्षिय कुबेर पोख्रेल, ३२ वर्षिय नारायण थापा ,३० वर्षिय सुरज कुमार साह कानु, ३३ वर्षिय नन्दु साह कानु र ३० वर्षिय मनोज साह कानु छन् । मधेस अधिकार र आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै उनिहरुले आनन्दोलनका क्रममा सामाजिक सद्भावको कामना पनि गरेका छन् । 
वीरगञ्जमा भदौ १४ र १५ गते भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेहरुमा पर्साको मनिहारी निवासी दिलिप कुमार चौरसिया, धर्मराज सिंह, वीरगन्ज १९ नगवाका सोहन साह कलवार, बारा बहुअरी नौतनका दिनानाथ साह र जय प्रकाश साह गोढ रहेका छन । 
मृतकहरुलाई शहीद घोषणा र उचित क्षतिपुर्तीको लागि स्थानिय सुरक्षा समितिले नेपाल सरकारलाई सिफारिस गरेपछि मृतकमा आफन्तहरुले शव बुझेका थिए । शनिबार वीरगन्जमा हजारौको सहभागितामा निकालिएको शवयात्रा नगरपरिक्रममा गरी अवेर राती तिलावे नदीमा अन्त्येष्टि गरिएको थियो ।    
ofqf8]nLjf6

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..