» » यस्तो छ गच्छदार मोर्चाको पाँच निर्णय


संघीय लोकतान्त्रिक मोर्चा
केन्द्रीय संयोजन समितिको बैठक

संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय संयोजन समितिको बैठक संयोजक श्री मा.विजय कुमार गच्छदारज्युको अध्यक्षतामा फोरम लोकतान्त्रिकको सभाकक्ष सानेपामा २०७२ भदौ २९ र ३० गते वसि निम्न निर्णयहरु गरि सम्पन्न भएको छ ।

निर्णय नं.१.
पहिचान र अधिकारको लागि मधेश, थरुहट, लिम्बुवान लगायतका क्षेत्रहरुमा शान्तिपुर्ण जनआन्दोलनमा उत्रेका आम मधेशी, थारु, मगर, लिम्बु समुदाय लगायतका आन्दोलनकारीहरुको एक महिना देखि निरन्तर चलि रहेको आन्दोलनको पुर्ण रुपमा वेवास्ता गर्दै अझ १६ बुँदे समझदारीका एक प्रमुख र महत्वपुर्ण हस्ताक्षरकर्ता मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष श्री मा.विजय कुमार गच्छदारज्यु समेतलाई सामेल नगराई अगाडी वढाएको संविधान निर्माणको प्रक्रियाबाट बनेको संविधानले मुलुकमा फेरि शान्ति स्थापना नहुने, द्वन्द बढने र गृह युद्धको वातावरणको सृजना हुने हुनाले यस्तो भयावह स्थितिको जिम्मेवारी अहिलेको प्रमुख तिन दलले लिनु पर्ने निष्कर्ष निकालेको छ ।
साथै देशको वर्तमान गम्भीर राजनीतिक संंकटवाट देशलाई निकाश दिन वार्ता र सम्वादनै एक मात्र विकल्प भएकोले आन्दोलनकारीहरुको माँगलाई अबिलम्ब सम्बोधन गर्न राज्य पक्ष संग जोडदार माँग गर्दछ र मधेश थरुहट लगायतका माँगहरुलाई सम्बोधन नगरी राज्य पक्ष गैरजिम्मेवार भएर वसि रह्यो भने यसवाट देश झन संंकट र विग्रहमा फँस्ने बैठकले निष्कर्ष निकालेको छ ।

निर्णय नं. २.
पहिचान र अधिकारको लागि मधेश थरुहट लगायतका क्षेत्रहरुमा शान्तिपुर्ण जनआन्दोलनमा उत्रेका आन्दोलनकारीहरुमाथि राज्य पक्षले गरि रहेको बर्बर दमन, धरपकड तथा अमानवीय व्यवहार प्रति बैठकले कडा निन्दा तथा भत्र्सना गर्दै सो क्रियाक्लाप अविलम्व रोक्न जोडदार माँग गर्दछ । निरन्तरको बर्बर दमनले देशलाई झन गम्भीर द्वन्द र अराजकतामा लग्ने बैठकको ठहर छ ।

निर्णय नं.३.
अधिकार प्राप्तिको निर्णायक आन्दोलनमा मधेश र थरुहटमा प्रहरी प्रशासनको वर्वर दमनका कारण सहादत प्राप्त गरेका वीर सपुतहलाई अबिलम्व शहिद घोषणा गर्न बैठकले जोडदार माँग गर्ने निर्णय गरेको छ । साथै
आन्दोलनको क्रममा घाईते भएका आन्दोलनकारीहरुको निःशुल्क स्वास्थ्य उपचार र उचित क्षेतिपुर्तीको व्यवस्था गर्न समेत माँग गरेको छ ।

निर्णय नं.४.
एक महिना देखि निरन्तर भई रहेको सशक्त शान्तिपुर्ण आन्दोलनमा जसरी थरुहट मधेशका न्यायप्रेमी जनताहरुको उपस्थिति भईरहेको छ, यसले हामीलाई अझ दृढ बनाएको छ । यसका लागि बैठकले आम जनतालाई धन्यवाद दिदै अझ दृढ संकल्पित भई जारी आन्दोलनमा संयमता अपनाउदै शान्तिपुर्ण तरिकाले सशक्त रुपमा सहभागी भई उर्जा प्रदान गर्न बैठकले आम न्यायप्रेमी जनसमुदायलाई आग्रह गरेको छ । साथै हाम्रो नेता कार्यकर्ताहरुलाई समेत उच्च मनोवलका साथ आन्दोलन परिणाममुखी र तार्किक निष्कर्षमा नपुगुन्जेल संघर्षरत् रहन समेत आह्वान गर्ने निर्णय गरेको छ ।

निर्णय नं.५.
चलि रहेको आन्दोलनलाई प्रभावकारी ढंगले अघि वढाउन र परिणाममुखी बनाउदै तार्किक निष्कर्षमा पु¥याउन गर्नु पर्ने आन्दोलनमा तात्कालीक कार्यक्रमहरु बनाई अर्को बैठकमा पेश गर्न निम्न सदस्यहरु रहेको एउटा कार्यदल बनाईएको छ ।
क) राम जनम चौधरी – संयोजक
ख) केशव झा – सदस्य
ग) चन्देश्वर प्रसाद सिंह – सदस्य

सधन्यवाद ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..