» » बन्दको अवज्ञा गरेको भन्दै ट्रक तोडफोड तथा आगजानी

वीरगन्ज, भदौ २९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले वीरगन्ज पथलैया सडकखण्ड अन्तरगत लिपनीमाल स्थित रहेको सौरभ ईन्टरप्राईजेसको गोदाममा तोडफोड गरेका छन । स्थानिय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि मोर्चाका नेता कार्यकर्ताहरुले नगरक्षेत्र बाहिर गण्डक चोकबाट सयौको संख्यामा निकालेका मोटरसाईकल जुलुस जितपुर जाने क्रममा बाराको लिपनीमाल गाविस वडा नम्बर ९ चैनपुर स्थित हाईवे सडक छेउमा रहेको सौरभको गोदामको मुलगेट खोल्न लगाई गोदाम तोडफोड गरेका हुन ।
उनीहरुले गेटपालेलाई धम्काई गेट खोल्न लगाई गोदाम परिसरमा पार्किङ्ग गरी राखिएको करिब आधादर्जन भन्दा बढी ट्रकमा तोडफोड गर्नुका साथै आगजनि गरेको गोदामका म्यानेजर विनोद गुप्ताले बताएका छन ।  प्रर्दशनकारीहरुले निम्बस ग्रुपको डिओआरभी भुस लोड गरिएको ना ५ ख ७३५ नम्बरको ट्रकमा आगजनि समेत गरेका छन ।
प्रर्दशनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेको जनाएको छ । घटना स्थलमा तत्काल पुगेको प्रहरी र वीरगन्ज उपमहानगरपालिकाको बारुणयन्त्रले आगोलाई नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट जोगिएको थियो । प्रदर्शनकारीहरुले निम्बस ग्रुसपकै अर्का दाल लोड गरेको ना २ ख ९७४६ नम्बरको पार्किङ्ग गरी राखेको कन्टेनरमा तोडफोड गर्नुका साथै दाल छरेका छन । दाल अनलोड गर्नको लागि गोदाम अगाडी पार्किङ्ग गरिएको अवस्थामा प्रर्दशनकारीहरुले कन्टेनरको शिशा तोडफोड गर्नुका साथै पछाडीको ताल्चा फुटाएर दालहरु गोदाम भित्र छरेरका थिए ।
त्यसैगरी गोदाम परिसरमा पार्कि¨ गरी राखिएको ना १ ख ८१७८, ना २ ख ७१९७, ना ५ ख १९१०, ना २ ख ९७४८, ना २ ख ५८८७, ना ३ ख ६५४ र ना २ ख ५८६० नम्बरको ट्रकको अगाडीको शिक्षा फुटाएर क्षति पु¥याएका छन । घटना स्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनाको बारे अनुसन्धान गरेको छ । घटना पश्चात वीरगन्ज परवानीपुर सडक खण्डको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..