» » संघिय समाजवादी फोरम नेपालको प्रेस विज्ञप्ति यस्तो रहेछ,

प्रेस विज्ञप्ति
पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्रले नेपाल सरकार, कतिपय मिडिया, विभिन्न पार्टीका नेता र विभिन्न क्षेत्रबाट  छिमेकी मुलुक भारतविरुद्ध भइरहेको द्वेषपूर्ण टिकाटिप्पणी एवं व्यक्तव्यबाजीप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । शदियौंदेखि कायम रहेको नेपाल–भारतको मित्रवत सम्बन्धलाई प्रतिकूल असर पर्ने गरी भइरहेको क्रियाकलापप्रति दुःख व्यक्त गर्दै कहीँकतैबाट यसप्रकारका नकारात्मक टिकाटिप्पणी नगर्न फोरम नेपाल अनुरोध गर्दछ । 

यो आन्दोलन मधेशी, आदिवासी जनजाति, थारु, महिला, दलित, मुस्लिम, पिछडावर्गको भएकोले यसलाई छिमेकीसँग जोडेर अपब्याख्या गर्नु, अनावश्यक टिकाटिप्पणी गर्नु वा दमन गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो, यसले मुलुकको हित गर्दैन । न्यायोचित अधिकार प्राप्तिका लागि उठेका नेपाली जनताको आवाज सुन्न सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको सन्दर्भमा छिमेकीको हैसियतले भारतले त्यसमा चासो दिनु वा जायत माग सम्बोधनका लागि पहल गर्नु अन्यथा होइन । भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि  भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ । 
 
नेपालको विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेकोले छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन सबैमा अनुरोध छ । अहिले मधेश/थरुहट क्षेत्रको आन्दोलन उत्कर्षमा पुगेसँगै मुलुकको अन्य भू–भागमा पनि भइरहेको आन्दोलनलाई ढाकछोप एवं 

कोशिस गर्नु अदूरदर्शी सोच हो । मधेश/थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई अरुसँग जोड्नुको सट्टा विगतमा मधेश आन्दोलनका दौरान भएको २२ बुंदे र ८ बुंदे सम्झौता, आदिवासी जनजाति, खस, थारुसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै समस्याको समाधान हुने फोरम नेपालको धारणा प्रष्ट पार्न चाहन्छौ । 

उपेन्द्र यादव
अध्यक्ष 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..