» » प्रहरीको ज्यादतीको विरोध गर्दै सोनलले भने, वतावरण बनाए वार्ता गर्न तयार छौ

काठमाडौ भदौ १५ गते । शान्तिपूर्ण आन्दोलन गरिरहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गरिरहेको आरोप लगाएका छन् । कहि ढुगां मुढा भएका छैन, झडप पनि भएको छैन तर प्रहरीले बाटोमा हिडिरहेका व्यक्तिलाई कुटपीट गर्दै गोली हान्ने गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले बारा र पर्सामा गरी हालसम्म प्रहरीको गोलीबाट चारजनाको मृत्यू भएको बताए ।
उनले आम जनतालाई लखेटी लखेटी प्रहरीले गोली हानेको आरोप लगाए । उनले प्रहरीको यो दमन तत्काल बन्द हुनुपर्ने बताउँदै मृतकलाई सहिद घोषणा गर्नुपर्ने र तराई मधेशमा भएको प्रहरी दमनको छानविन हुनुपर्ने माग गरेको छ । सहारा टाइम्ससँग कुरा गर्दै, सोनलले सरकारले वार्ताका लागि दुई दुई पटक आह्वान गर्नु सकारात्मक कुरा हो तर वार्ताका वातावरण बन्न नसकिरहेको बताए ।
आन्दोलन गरेपछि वार्तामा बस्नै पर्छ, वार्तविहिन आन्दोलने कहिले पनि हुँदैन, वार्ताको टेवलमा बसेपछि मात्र एक अर्काको कुरा बुझ्न सकिन्छ, भन्दै उनले यसपटक पनि वार्ता हुन्छ तर झुकेर हुँदैन, विगतको जस्तो कार्यान्वयनै नहुने गरी वार्ता नहुने, विगतको सम्झौता कार्यान्वयन भए तथा मोर्चाले राखेको शर्त मान्न तयार भए मात्र वार्ता हुने बताए । उनले मधेशका केही नेताले मधेशलाई भड्काएर त्यसैमा रमाउन खोजेको आरोप पनि लगाए । मधेशी मोर्चा वार्ताको विरोधी कहिले पनि हुनुहुँदैन बताउँदै नेता सोनलले सरकारले वार्ताको वतावरण बनाए वार्ता गर्न मोर्चा तयार रहेको बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..