» »Unlabelled » गौर सिमा नाकामा ६ दिनदेखि धर्ना, धर्नापछि रीले अन्सनपनि

राकेश यदूवंशी
 रौतहट १२ असोज । मोर्चाको केन्द्रिय कार्यक्रम अनुसार रौतहट स्थित गौर बैरगनिया सिमा नाकामा आज ६ दिनदेखि धर्ना र त्यसपछि सोमवारदेखिको रिले अन्सन पनि कार्यक्रम जारी रहेको छ ।  लगातार ६ दिन देखि गौर भन्सार नाकामा धर्ना बस्दै आएका रौतहटका स्थानिय नेतालगाएत बिभिन्न संस्था गौर भन्सार नाकामा धर्ना बसी नाकाबन्दी गरेका छन् ।  

संयूक्त मधेशी मोर्चाका रौतहट जिल्लास्थित अन्य नेता तथा कार्यकर्ता समेत सोहि पाल मुनि बसी नाकाबन्दीलाई सघाएका छन् । नाका बन्दीका कारण रौतहटस्थित भारत नेपाल सिमामा पैदल यात्रुहरुलाई समेत आवत जावतमा कठिनाई भएको छ ।

मधेशको भावना विपरीत तीन दलले जबरजस्ती संविधान लादेको भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको आन्दोलनरत मोर्चाले संविधान जारी भएको दिन देखि आन्दोलनको कार्यक्रमलाई झन कडाईका साथ प्रस्तुत गर्दै लगेको हो । मधेशमा लगातार ४७ दिनदेखि जारी आम हडताललाई सरकारले बेवास्ता गरेको भन्दै गिरजा प्रसाद कोईरालाका पालामा भएको ८ बुंदे सम्झौत लागु नगरेसम्म कुनै पनि हालतमा नाका नखोेल्ने बिक्रन्त बिक्रम (मून्ना) साहले प्रष्ट पारेका छन् ।

धर्ना कार्यक्रममा व्यपारी मून्ना साह, फोरम लोक्तान्त्रिकका पाल्लू साह, भूषण सिहं, बिक्रम यादव ,अजय यादव, संजय गिरी, मनोज गिरी, बिरेन्द्र महतो, प्रविण पाण्डे, नागेन्द्र साह, सबिन्द्र साह लगायत सयै प्रर्दशनकारीहरुको उपस्थिती रहेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..