» » मृतक तथा वेपत्ता परिवारलाई कर्मचारीहरुको तर्फबाट रकम हस्तान्तरण

काठमाडौं, भदौ २१ गते । विनाशकारी भूकम्पका कारण दिवंगत तथा वेपत्ता भएका अर्थ मन्त्रालय अन्तर्गत करदाता सेवा कार्यालय, महाराजगञ्ज र रसुवा भन्सार कार्यालयका कर्मचारीका आश्रित परिवारलार्ई सहयोग स्वरुप अर्थ मन्त्रालय र अन्तर्गतका कर्मचारीहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको रु १२ लाख ६४ हजार रुपैया“ निजामति सेवा दिवस २०७२ को अवसरमा भाद्र २१ गते मृतक तथा वेपत्ता कर्मचारीका परिवारलाई दिन भनी जम्मा भएको रकमको चेक आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्मा, भन्सार विभागका महानिर्देशक श्री शिषिरकुमार ढुंगाना, केन्द्रीय ट्रेड युनियनका अध्यक्षहरुले माननीय अर्थ मन्त्रीज्यूलाई हस्तान्तरण गर्नु भएको छ । माननीय अर्थमन्त्री डा. रामशरण महतले मृतक तथा वेपत्ता परिवारका आफन्तलाई १ लाख ५८ हजारको चेक समान रुपले क्रमैस“ग हस्तान्तरण गर्नु भएको थियो ।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले राज्यले तोकेको जिम्मेवारी पूरा गर्ने शिललिशामा कार्यरत कर्मचारी महाभूकम्पमा परी दिवंगत हुनुभएकोले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुहु“दै उहा“हरुको आत्माको चीर शान्ति तथा परिवारजनहरुमा समवेदना प्रकट गर्नुभयो । महाभूकम्पले आफ्नै घरमा बस्दा बस्दै पनि धेरैको ज्यान गएको बताउनुहु“दै कर प्रशासनका कर्मचारीहरु जिम्मेवारी पालना गर्ने शिलशिलामा, कार्यालयले लगाएको कार्य सम्पादन गर्ने शिलशिलामा दिवंगत हुनु भएको बताउनुभयो । अर्थमन्त्री डा. महतले पीडित परिवारलाई राज्यले आफ्नो जिम्मेवारी पूरा गर्ने आश्वासन दिनुभयो । कर्मचारीहरुले ऐक्यवद्धता प्रकट गर्नको लागि केही रकम सहयोग भएको बताउनुहु“दै  राज्यले निर्णय गरेर दिने विशेष रकम पनि चा“डै नै उपलव्ध गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो । महाभूकम्पमा २१ जना कर्मचारीले जीवन गुमाउनु परेको सन्दर्भमा अर्थ मन्त्रालयको मात्रै कुरा नभएकोले सामान्य प्रशासन मन्त्रालयबाट प्रस्ताव आउ“दा राम्रो हुने भएकाले प्रकृया लम्बिएको बताउनुभयो । उहा“ले सामान्य प्रशासन मन्त्रालयबाट प्रस्ताव ल्याएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने बताउनुभयो । अर्थमन्त्री डा. महतले परिवारका सदस्यलाई रोजगारीका लागि योग्यताले भ्याएसम्म अस्थायी÷करार प्रकृतिको रोजगारी राज्यले उपलव्ध गराउने समेत बताउनुभयो । हिजो द्वन्द्वको सिलसिलामा दिवंगत भएका कर्मचारीका परिवारलाई पेन्सन दिने व्यवस्था गरिएको स्मरण गराउनुहु“दै अहिले प्राकृतिक विपत्तिमा परेर कार्य सम्पादनकै क्रममा कर्मचारी दिवंगत भएकाले पेन्सनको लागि पनि पहल गर्ने बताउनुभयो । मृतक कर्मचारीका परिवारलाई सुख दुखको साथमा जहिल्यै पनि राज्य रहने विश्वास दिलाउनुभयो ।
अर्थसचिव श्री सुमनप्रसाद शर्माले विदाको दिन आफ्नो परिवारलाई छाडेर कार्य सम्पादनका क्रममा दिवंगत हुनु भएका कर्मचारीहरुको उद्दारको क्रममा अर्थमन्त्रालयले सक्दो प्रयास गरेको बताउनुभयो । उहा“ले वेपत्ताहरुको खोजीमा चीनिया दूतावास र महामहिम राजदूतलाई पनि आग्रह गरिएको बताउनुहु“दै अर्थमन्त्रालय, कर परिवार अत्यन्त संवेदनशील रहेको जानकारी दिनुभयो । कर्मचारीको तर्फबाट हामी पनि संगै छौं भनेर केही राहत स्वरुप रकम संकलन गरिएकोमा हार्दिक आभार व्यक्त गर्नुहु“दै राज्यले दिने अतिरिक्त सुविधाका लागि अर्थ मन्त्रालयले पहल गर्ने बताउनुभयो । अर्थसचिव श्री शर्माले आश्रित परिवारको आग्रह बमोजिम अस्थायी रोजगारीका लागि पनि अर्थमन्त्रालय संवेदनशील रहेको जानकारी दिनुभयो ।
सामान्य प्रशासन मन्त्रालयका सचिव श्री टंकमणि शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरुले राहत स्वरुप आफ्नो तलवबाट रकम कटाएर पीडित परिवारलाई हस्तान्तरण गरेकोमा अत्यन्त खुसी लागेको बताउनुहु“दै आफू अर्थमन्त्रालय अन्तर्गत भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेको नाताले दिवंगत कर्मचारीलाई काम लगाइसकेको सन्दर्भमा कर्मचारी प्रशासन र सामान्य प्रशासनको दायित्व पनि आफूमा रहेकोले आश्रित परिवारलाई सक्दो सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । महाभूकम्पमा परी ९ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाएको बताउनुहु“दै सरकारको तर्फबाट कानुन सम्मत तथा कानुनी व्यवस्था नभएको खण्डमा त्यसलाई पुनरावलोकन गरेर भए पनि कार्य सम्पादनका क्रममा दिवंगत भएका कर्मचारीहरुका आश्रित परिवारलाई सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । राहत, सहुलियत, सुविधा दिनका लागि कर्मचारीको हकहितका लागि जे गर्नु पर्ने हो, सामान्य प्रशासन मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुहुदै उहा“ले कुनै समस्या परेको भए आफूकहां व्यक्तिगत रुपमा आउन समेत आश्रित परिवारलाई आग्रह गर्नुभयो ।
नेपाल निजामति कर्मचारी संगठन केन्द्रीय कार्य समितिका अध्यक्ष श्री पुन्यप्रसाद ढकालले कामको सिलसिलामा दिवंगत भएका राष्ट्रसेवक कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहु“दै वेपत्ता भएका कर्मचारीहरु खोज विनका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारस“ग आग्रह गर्नुभयो । राज्यले यस्ता प्रकारको विपत्ति आगामी दिनमा सामना गर्न नपरोस् भन्नका समयमै सचेत रहन पनि उहा“ले आग्रह गर्नुभयो ।
मृतक कर्मचारीको परिवारका तर्फबाट श्री प्रमिला न्यौपानेले विनाशकारी भूकम्प गएपछि केही सेवा सुविधा दिन भनेर कमिटी गठन भएको र केही सेवा सुविधा प्राप्त गरेको बताउनुहु“दै त्यसमा पनि विशेष राहत दिने भनिएकोमा अहिलेसम्म प्राप्त हुन नसकेको बताउनुभयो । उहा“ले घरको मूल व्यक्ति नै गुमाएको अवस्थामा, सामाजिक, आर्थिक रुपमा कमजोर भएको बताउनुहु“दै हामी कसरी अगाडि बढ्ने भन्ने समस्या भएको बताउनुभयो । उहा“ले केही समयका लागि भए पनि राज्यको तर्फबाट रोजगारीको व्यवस्था भए जीवन यापन सहज हुने बताउनुहु“दै रकम संकलनको पहल गरेर हस्तान्तरण गरेकोमा ट्रेड युनियन सञ्जाललाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा विनाशकारी भूकम्पमा परी दिवंगत भएका करदाता सेवा कार्यालय महाराजगन्जका तत्कालिन कर्मचारीहरु मुक्ति पण्डित, कमलाकुमारी तिमल्सिना, विजय शाह, भाष्कर सापकोटा र रसुवा भन्सार कार्यालय गोपाल लामिछाने र गंगाराम दोरङा, त्यसैगरी रसुवा भन्सार कार्यालयबाट वेपत्ता हुनु भएका नासु श्री ख्यालबहादुर अर्याल र श्री प्रेम गिरिको परिवारहरुको उपस्थिति थियो ।
कार्यक्रममा राजस्व सचिव श्री राजन खनाल, आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्मा, भन्सार विभागका महानिर्देशक श्री शिशिरकुमार ढुंगाना, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक श्री केवलप्रसाद भण्डारी, राजस्व अनुसन्धान विभागका महानिर्देशक श्री बालकृष्ण घिमिरे, राजस्व प्रशासन तालिम केन्द्रका तालिम प्रमुख श्री अविनाथ राई, अर्थ मन्त्रालय अन्तर्गतका विभागका उपमहानिर्देशकहरु, विभिन्न कार्यालयका प्रमुखहरु, नेपाल सरकारका उपसचिवहरु, अर्थमन्त्रालय अन्तर्गतका ट्रेड युनियनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, नेपाल निजामति कर्मचारी युनियन (संघ) का केन्द्रीय अध्यक्ष, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका केन्द्रीय अध्यक्ष, नेपाल मधेशी निजामति कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष, नेपाल राष्ट्रसेवक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको अर्थविभागीय कार्यसमितिका अध्यक्ष श्री सन्तोष ढुंगानाले संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट स्वागत कार्यक्रम  गर्नु भएको थियो ।
कार्यक्रमको सभापतित्व ट्रेड युनियन सञ्जालका संयोजक श्री तेजकुमार केसीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा ट्रेड युनियन सञ्जालका सदस्य श्री राजनकुमार विसीले गर्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..