» » सरकारी गाडीले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरि आगजानी

सप्तरी, भदौ १७ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीले राजविराज–५ स्थित भूसंरक्षण कार्यालयमा नारा जुलुस गर्दै कार्यालयभित्र पसेर सवारी साधनमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले कार्यालयमा रहेका केही फर्निचरसमेत तोडफोड गरेको कर्मचारी बुदिलाला खँगले बताउनुभयो ।

त्यस्तै प्रदर्शनकारीले आजै राजविराज–८ स्थित जिल्ला शिक्षा कार्यालय परिसरमा रोकिराखिएको बा १ झ ४७६८ नंको गाडीमा तोडफोड गरी आगजनी गरेका छन् । तोेडफोड र आगजनीबाट गाडीमा क्षति पुगेको सो कार्यालयले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..