» » लामो बन्दका कारण भारत पस्न थाले मधेशी समुदाय

काठमाडौ, भदौ २८ गते । एक महिनादेखिको लामो आन्दोलनका कारण तराई मधेशका व्यक्तिहरु भारत जान थालेका छन् ।

दैनिक कामकाज गरेर गुजारा गर्नेहरु लामो बन्दीका कारणले असुरक्षित महसुस गर्नुका साथै हातमुख जोर्न समस्या भएपछि मधेशीहरु भारत पस्न लागेका हुन् ।

उनीहरुले भारतको आफ्ना आफन्त कहाँ गएर सोही क्षेत्रमा काम गरी गुजारा गर्ने तथा यहाँको माहौल सहज भएपछि फर्कने सोच बनाएको महोत्तरीका निरहुवा पासमानले बताउनुभयो ।
दुईहप्तादेखि सदरमुकाम जलेश्वरमा दैनिक झडप हुने, अश्रुग्याँस, लाठीचार्ज र गोली चल्ने तथा वुधबारदेखि

जारी कफ्र्युले जनजीवन असहज बनाउदै लगेको  छ । महेश पासमान अहिलेको अवस्था हेरेर आफ्ना बालबच्चा सहित भारतको सुरसण्डस्थित ससुराली पुगेका छन् ।
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि पोका, पुन्तरा बोक्दै उनी सुरसण्ड लागेका थिए । त्यसैगरी सोही
वडाका संजित पासमान, अशोक पासमान सहितकाहरु पनि भारतको विभिन्न ठाउँमा बस्ने आफन्त कहाँ पुगेको स्थानीयहरुले जनाएका छन् ।

जलेश्वर ५ स्थित पासवान टोलमा वसोवास गर्ने अधिकांश सर्वसाधारण रिक्सा चालक, अटो चालक, साना साना व्यापार, तथा  विभिन्न सवारीसाधन चलाएर आ–आफ्ना जीवनयापन गर्दै आएका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले मोर्चाका नेताहरु भारतीय भूमिमै बैठक बस्ने गरेको जानकारी आफुलाई पनि भएको बताउनुहुदै नेताहरुलाई पक्राउ गर्ने योजनाबारे इन्कार गर्नुभयो ।

तर सुरक्षाश्रोतका अनुसार तराईका जिल्लाहरुमा मधेशी मोर्चाका कार्यकर्ताहरुलाई पक्राउ गरेर मुद्दा चलाउने तयारी भइरहेको दावी गरेका छन् ।



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..