» » सप्तरीका १५ जनाले काँग्रेस परित्याग गरे


राजविराज, भदौ २२ गते । नेपाल प्राध्यापक संघका पूर्व केन्द्रिय उपाध्यक्ष प्राध्यापक
अमरकान्त झाले नेपाली काँग्रेसको साधारण सदस्यता परित्यागको घोषणा
गरेका छन् ।
        मधेशी पत्रकार संघ सप्तरीले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत
उनले उक्त घोषणा गरेका हुन् । पटक–पटक संघीयता र सिमाङ्कनको विषयमा
आफ्नो बिचार राख्दा पनि पाटीभित्र सुनुवाइ नभएकोले बाध्य भएर पार्टी
परित्याग गरी मधेश आन्दोलनप्रति समर्थन जनाएको उनले प्रष्ट पारे । विभेदको
अन्त्यका लागि संघीयता आवश्यक रहेकोले संघ बनाउँदा ऐतिहासिक र भूगोललाई
ध्यान नदिई सात प्रदेशको खाकाबाट मधेशलाई चिराचिरा पारेको आरोप
लगाउँदै उनले भने ‘सात प्रदेशको खाकालाई संघीयता सम्वन्धि जानकारले ठिक छ
भन्न कदापि सक्दैन ।
‘सामथ्र्य र पहिचानका आधारमा संघ निर्माण हुनुपर्छ’ उनले भने ‘संविधानको
मस्यौदामा दुवै कुरालाई ध्यान नदिएकोले यसले विभेदको अन्त्य गर्दैन ।’
संघीय सिद्धान्त विपरित गरेको प्रदेशहरुको सिमाङ्नकबाट पश्चिमका थारु सहित
तराई मधेशवादीहरु हिमाल पहाडका जनजातीहरु समेतलाई उत्पीडनको शिकार
बनाईराख्ने एवम् गणतन्त्र वहालीको अवस्थामा पनि स्वजातीय वर्गलाई विजेता र
अन्य सिमान्तकृत वर्गलाई विजित ठानी करिब २ सय ५० वर्षदेखि कायम रहेको
एकाधिकारलाई सदृढ पार्ने अन्य वर्गको हकमा विभेदलाई निरन्तरता दिने
यथास्थिति मनसाय प्रष्ट देखिएको उनले बताए ।
        महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका पूर्व प्रमुख झाले १० दिनभित्र
संविधान जारी गर्ने हतार प्रमुख तीन दलमा देखिएको कारण देशमा ठूलो द्वन्द्व
हुने सम्भावना बढेकोले वार्ताद्वारा समस्याको समाधान खोज्न राज्यपक्ष गम्भीर
हुनुपर्ने बताए । संघीयता र सिमाङ्कन सम्वन्धि आन्दोलनमा २९ जनाले ज्यान
गुमाइसकेको स्मरण गराउँदै उनले नेपाली काँग्रेस र एमालेका नेताहरुले
जिम्मेवार भएर विश्वासको वातावरण बनाई आन्दोलनरत पक्षहरुसँग वार्ता
गर्नुपर्ने सुझाव दिए ।
तराई–मधेशका पूर्वीय तीन जिल्लाहरु लगायत पश्चिमका ९ ओटै जिल्लाहरुलाई
पहाडसँग गाभेर भौगोलिक निरन्तरतालाई उल्लंघन गरी संघीय सिद्धान्त विपरित
प्रदेशहरुको सिमाङ्कनबाट अनेकौं पटकको लोकतान्त्रिक आन्दोलनमा नेपाली
काँग्रेसको आह्वानमा तराई–मधेशवासीले ज्यानको बाजी लगाएर होमिएको र
अनेकौंले सहादत पनि दिएको उनले चर्चा गरे । यद्यपी नेतृत्ववर्गले मात्र
आफ्नो स्वजातीय वर्गको हितमा केन्द्रित भई तराई–मधेशवासीको उचित
मागलाई सैन्यबलद्वारा कुल्चने कुचेष्टा गरिरहेकोले काँग्रेसमा रहन उचित नठानी
उक्त पार्टीबाट साधारण सदस्यता समेत परित्याग गरेको पत्रकार सम्मेलनमा
प्राध्यापक झाले घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा प्राध्यापक झाले हाल
आफू कुनै पार्टीमा नजाने तर जारी मधेश तथा थरुहट आन्दोलनमा सहयोग तथा
समर्थन रहने प्रष्ट पारे ।
प्राध्यापक झासँगै नेपाली काँग्रेसका १४ जना क्रियाशील सदस्यले पार्टी परित्याग
गरेका छन् ।  उनी प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल तथा हिरासत
जिवनयापन गरिसकेका छन् । प्राध्यापक संघका अध्यक्ष हुँदै उनी २०५१ सालमा
संघको केन्द्रिय उपाध्यक्ष समेत भएका थिए । पूर्वाञ्चल प्राज्ञिक समिति सदस्यका
साथै २०७० सालसम्म त्रिभुवन विश्व विद्यालयका सभासद् समेत भइसकेका प्रा. झा
संघीयता तथा सिमाङ्कनको विषयका जानकार समेत मानिन्छन् । प्राध्यापन
पेशासँगै उनी भाषिक तथा साँस्कृतिक आन्दोलनमा समेत सक्रिय रहेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..