» » प्रहरीको गोलीले पूर्वमन्त्री करिमा वेगम सहित दर्जनौ घाइते,एकको मृत्यु

वीरगञ्ज, आश्विन ३ गते । प्रर्दशनको क्रममा पूव सभासद सहित दर्जनौँ कार्यकर्ता  घाइते भएको छन  भने प्रहरीको गोली लागि एक प्रर्दशनकारीको मृत्यु समेत भएको छ । प्रमुख तीनदलले लयाउको एकलौटी नयाँ संविधानको विरोधमा मधेसवादी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा कफ्र्यु तोडेर प्रदर्शन गरेका छन् ।
गाँउ गाँउवाट आएको कालो झण्डा र टाउकोमा कालो पटि बाँधेर आइतबार अपरान्ह भएको प्रदर्शनका क्रममा प्रहरीसित भएको झडपमा प्रहरीको गोली लागेर फोरम नेतृ करिमालाई गोली लागि गम्भिर घाइते भएका छन् भने बेगमसहित एक दर्जनभन्दा बढी प्रदर्शकारी घाइते भएका छन् ।। उनको टाउकोमा गोली लागेको छ ।
घाइतेहरुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याइएको छ । अधिकांशलाई छर्रा लागेको छ ।  वीरगञ्जका विभिन्न स्थानमा प्रहरी र प्रदर्शकारीबीच झडप भइरहेको छ । झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर प्रहरी निरीक्षक शेख अदालत घाइते भएका छन् । संविधानको विरोधमा कालोझण्डा लिएर कफ्र्यु तोड्दै भएको प्रदर्शनमा झडप भएको हो । वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले दर्जनौं हवाइ फायर र अश्रुग्यास प्रहार गरिसकेको छ । वीरगञ्जको बसपार्क, घण्टाघर, लिङ्करोड, महावीरस्थान, रानीघाट लगायतका स्थानमा प्रदर्शन भइरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..