» » मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का (प्रेस विज्ञप्ती)

२०७२ भदौ २४
प्रेस विज्ञप्ती

मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य एवम् थरुहट÷थारुवान संयुक्त संघर्ष समितिमा आवद्ध रहेको थरुहट तराई लोकतान्त्रिक परिषद्का अध्यक्ष लक्ष्मण थारु लाई मिति २०७२ भदौ २३ गते भैरहवा स्थित म.ज.फो. नेपाल (लो.) का केन्द्रीय सदस्य देवी प्रसाद चौधरीको निवास बाटै प्रहरी प्रशासनले बिना पूर्जि पक्राउ गरेको कार्यप्रति मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) को गम्भिर ध्यानाकर्षण भएको छ ।
आत्मसम्मान पहिचान, अधिकार र न्यायका लागि शान्तिपूर्ण एवम् अहिंसात्मक रुपमा थारु र मधेसी समुदायबाट सशक्तरुपले भईरहेको आन्दोलनको कार्यक्रमलाई संबोधन गर्न भैरहवा पुगेका थारुलाई सुनियोजित रुपमा प्रहरी प्रशासनले बिना कारण पक्राउ पूर्जि समेत नदिई पक्राउ गरिएको नेपाल सरकार गृह प्रशासनको निरकुंश कार्यशैली प्रति खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछौं ।
आमजनसमुदायको स्वतःस्फूर्त सक्रिय साथ समर्थन र सहयोगले चरम उत्कर्षमा पुगेको थरुहट÷थारुवान एवम् मधेस आन्दोलनलाई कमजोर एवम् निस्तेज पार्ने शासकहरुको सुनियोजित योजना अनुरुप लक्ष्मण थारुलाई पक्राउ गरेको यो पछिल्लो हत्कण्डा हो । अधिकारका लागि शान्तिपूर्ण एवम् अहिंसात्मक आन्दोलनमा सक्रिय रहेका थारुलाई अपहरणको शैलीमा पक्राउ गरेको दुई दिन बित्नै लाग्दा पनि हालसम्म उहाँलाई प्रहरी प्रशासनले कहाँ ? कसरी ? राखेको छ अझै सम्म कुनै अत्तोपत्तो, जानकारी समेत नभएको र परिवार जनलाई समेत भेटघाट हुनसक्ने वातावरणका गृह प्रशासनले बनाउन सकेको छैन । न त यस सम्बन्धमा मानव अधिकारकर्मी तथा नागरिक समाजको समेत ध्यान पुग्न सकेको छ । अन्तरिम संविधान, लोकतान्त्रिक मूल्य मान्यता, मानअधिकार, आदिवासी अधिकारले प्रदत्त गरेका अधिकारहरुलाई शासकहरुको निर्देशनमा गृह प्रशासनले लत्याउदै लक्ष्मण थारु जस्तै लाखौं लाख जनताहरुको चाहना र भावनालाई प्रहरी सेनाको बन्दुक, गोली, लाठी, बुट प्रहार गर्दै जबर्जस्त कठघरमा राखेर थुन्न र दबाउन सकिदैन । गृह प्रशासनको सुनियोजित एवम् योजनावद्ध गरेको यस किसिमका दमनकारी हर्कतले जनतालाई अझै सचेत, आक्रोशित बनाउदै सशक्त आन्दोलनमा होमिन बाध्य बनाउदै छ ।
यसर्थ सुनियोजितरुपमा निराधार आरोप लगाउदै थरुहट आन्दोलनकर्मीलाई धरपकड गर्ने, झुट्ठा मुद्धा लगाउने आदि कार्य अविलम्ब बन्द गर्न तथा पक्राउ गरिएका लक्ष्मण थारु, कैलाली फोरम लोकतान्त्रिक नारायणपुर गा.वि.स. अध्यक्ष विकास चौधरी र शिक्षक लिखराम चौधरी लगायत पक्राउ परेका थरुहट आन्दोलनकर्मीहरुलाई बिना सर्त अविलम्ब रिहाईका लागि सरकार संग अनुरोध गर्दछौं । हाम्रो यो अनुरोधलाई नजर अन्दाज गरिए कडा मूल्य चुकाउनु पर्ने छ । यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको नै हुने यसै विज्ञप्ति मार्फत अवगत गराउछौं ।

राम जनम चौधरी
महासचिव
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..