» » मक्कामा ३ नेपाली हजयात्रीको मृत्यु


साउदी, आश्विन ७ गते । साउदी अरबको पवित्र शहर मक्कामा हज गर्न गएको इस्लामी धर्मालम्बीहरुको हज गर्ने क्रममा भागदौड हुँदा पर्सा जिल्लाको वीरगंजका ३ हजयात्री लगायत ३ सय १० जना भन्दा बढीको मृत्यु भएको जानकारी मुस्लीम संधका अध्यक्ष ताज महमद मियाँले जानकामरी दिएको छ ।अध्यक्ष ताज महमद मियाँ अहिले साउदीको मक्कामा ने हुनुहून्छ ।
सैतानको मूर्तिलाई ढुंगा हान्ने क्रममा विहिवार भएको भागदौडका क्रममा ४ सय ५० जनाभन्दा धेरै हजयात्री घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काको मीनामा सैतानलाई ढुंगा हान्ने रित पूरा गर्ने क्रममा  भागदौड मच्चिएको थियो ।
सन् २००६ को जनवरी १२ मा सैतानलाई ढुंगा हान्दा भएको भागदौडका क्रममा ४ सय जनाको मृत्यु भएको थियो । मुस्लिम धर्मावलम्बीले विश्वास गरेअनुसार मक्काको बाहरी भागमा सैतानलाई ढुंगा हान्ने चलन छ । मक्कामा ढुंगा हान्नुलाई सैतानको विरोधको प्रतिकका रुपमा लिइन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..