» » प्रहरीको गोली लागि मृत्यु भएको ठाकुरको दाहसंस्कार आठौँदिन गरियो


रौतहट, भदौ १६ गते । रौतहतमा एक सता अघि भएको आन्दोलनको क्रममा प्रदर्शन गरिहेको वेला प्रहरीको गोली लागेर मृत्यु भएका रौतहट मठिया–६ महुलिया निवासी राजकिशोर ठाकुरको हिन्दु धर्म अनुसार मंगलवार दाह संस्कार गरिएको छ ।
स्थानीय प्रशासनले सहिद घोषणाको लागि प्रक्रिया अगाडि बढाएपछि पीडित परिवारले ठाकुरको शव बुझेको थियो । परिवारजनले शव बुझेपछि ठाकुरको मृत्यु भएको आठांै दिन दाह संस्कार गरिएको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको अनिश्चितकालिन मधेश बन्दको क्रममा भाद्र ८ गते सदरमुकाम गौरस्थित कबिर चौकमा प्रहरीले चलाएको गोली लागि ठाकुरको मृत्यु भएको थियो ।

गौरलाइ निषेधित क्षेत्र घोषणा गरिएको कारण मृतक ठाकुरको शवलाई नगरपरिक्रमा नगराई निषेधित क्षेत्रभन्दा बाहिर गाउँगाउँमा शवयात्रा गराएपछि पैतृक गाउँमा दाहसंस्कार गरिएको हो । ठाकुरको शवयात्रामा आन्दोलनरत राजनीतिक दलका जिल्ला स्तरीय नेताकार्यकर्तासहित स्थानीयवासीको व्यापक सहभागिता थियो ।

शवयात्रामा सहभागी भएका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय कुमार गुप्ताले ठाकुरको पार्थिव शरीरमाथि पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई नगद ११ हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..