» » बाबुराम भट्टराईद्धारा एमाओवादी पार्टी परित्याग



काठमाडौ असोज ९ गते । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्नुको साथै संसदबाट पनि राजिनामा दिने घोषणा गर्नु भएको छ र सो कुराका जानकारी पार्टीका अध्यक्ष प्रचण्डलाई पनि गराइ सक्नु भएको छ ।
यद्यपी उहाँले आजको पत्रकार सम्मेलनमा उहाँले भनिएको जस्तो कुनै नयाँ शक्तिको घोषणा गर्नुभएको छैन । सविधान निर्माणको प्रकृयाप्रति असन्तुष्टि जनाउँदै आएका नेता भट्टराईले आफ्ना निकटका नेताहरुसँग पार्टी परित्याग गर्ने मनस्थिति धेरै पहिलादेखि बनाइ रहनु भएको थियो ।
आजदेखि प्रचण्डसँगको ३० वर्षको लामो यात्रामा भट्टराईले पूर्ण विराम लगाउनु भएको छ । पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा डा.बाबुराम भट्टराईले भन्नुभयो, भत्कीसकेको घरमा अब फर्किदैन ।
२०५२ सालमा नेता भट्टराईकै नेतृत्वमा ४० बुँदे माग राखी आन्दोलनमा गएका थिए । प्रचण्डलार्य कमाण्डर मान्दै जनयुद्धमा होमिएका नेता भट्टराई जनयुद्धकालमा पनि प्रचण्डको डिफेन्समा रही रहन्थे । प्रचण्डको जहिले पनि आलोचनात्मक टिप्पणी र विरोध गर्दैै आएका बाबुराम जनयुद्ध कालमा कारवाहीमा परेका नेता हुन् । शान्ति प्रकृयामा आइसक्दा पनि दुई लाइनको अन्तरसंघर्ष उहाँले चलाई रहनु भएको थियो ।

पार्टी परित्याग गर्दा गर्दै यस्तो भने डा.भट्टराईले
४० वर्षको राजनीतिक जीवनको एक अध्याय सकियो । असोज ३ मा जनताको संविधान आयो । विभिन्न उपलब्धी संस्थागत भयो । हाम्रो लागि खुसीको दिन हो । अविस्मरणीय दिन हो । खुशी साटन चाहन्छु । २००७ मा केशरजंग रायमाझीले संविधानसभाको कुरा उठाए । २०४६ सालमा हामीले उठायौँ । त्यसबेला हामी पातलो मसालमा थियौँ । मोटो मसालमा रहेका प्रचण्डले विरोध गरे । २०५२ मा ४० सुत्रीय ज्ञापन पत्र बुझाउँदा मैले संविधानसभाको माग राखेको थिए ।
२०६० मा संविधानसभावारे लेख लेख्दा कारवाही गरियो । तर, पछि ज्ञानेन्द्रको कु पछि यो मुद्धा सही रहेछ भनेर चुङवाङ वैठकबाट पार्टीले नै नीति बनायो । त्यहिबाट १२ बुँदे, अन्तरिम संविधान हुँदै संविधानबाट संविधान जारी भयो । पार्टीले मलाई यस अवधीमा संविधानसभामा संवैधानिक समितिको जिम्मेवारी दियो, त्यसका लागि म धन्यावाद दिन चाहन्छु । संविधान जारी हुनु अगाडि हामीले असन्तुष्टलाई ल्याउन खोज्यौँ, अरु मानेनन् बिजय गच्छदार रुँदै गए ।
संविधान जारी हुँदा सवैले दीपावली नगर्ने अबस्था आउनु दातमा ढुंगा लागेजस्तो भयो । खुसी लाग्दा पनि खुसी हुन सकिनँ । संविधान प्रगतिशिल भएपनि थारु, मधेशी, महिला, शासकीय स्वरुप, विशेष गरि प्रत्यक्ष कार्यकारी हुन सकेन । त्यहि भएर फरक मतसहित संविधान जारी गरेको हो । संविधान जार िगर्नु ठुलो होइन । कार्यन्वयन ठुलो हो । आज जनता आन्दोलनमा छन् । जसले त्याग गर्यो आन्दोलनमा छ । तर, गणतन्त्र स्वीकार नगर्ने खुसी मनाउँदै छन् । थारु र मधेशीमा हाम्रो ठुलो गल्ती भयो । यसको बहानमा दक्षिणले प्रत्यक्ष, अप्रत्यक्ष ठुलो दवाव दियो । अघोषित नाकाबन्दी गर्यो । यो स्वीकार्य छैन । म भत्र्सना गर्छु । छिमेकीले सुझाव मात्र दिने हो । निर्णय हामीले गर्ने हो । संविधानको विरोध हुन्छ भनेर सामाजिक संजालमा मैले पूर्व जानकारी दिदाँ मैलै नै गराएकोसम्म भनियो । यसले मलाई दुख लागेको छ ।
सूचनाको ग्याप छ । मैलै पहिला नै सीमाका जनतालाई हाम्रोपक्षमा राख्न सकिएन भने दक्षिणले खेल्नसक्छ भनेको थिए, अहिले त्यहि भयो । टुकी र साइकल चढने राष्ट्रवादको काम छैन । प्रगतिशिल राष्ट्रवाद चाहिन्छ । हामी आत्मनिर्भर बन्न सक्नुपर्छ । नेताहरुले अहिले जस्तो अडान लिएका छन् म खुसी छु । अव चुनावमा दूतावासबाट पैसा माग्ने, दूतावासमा छात्रवृत्रि माग्ने, विरामी हुँदा विरामीको पैसा लिएर उपचार गराउने प्रवृति अन्त्य हुन्छ भन्नेमा म विश्वस्त छु ।
नेताहरुको अडानबाट खुसी छु । अव आरोप–प्रत्यारोप भन्दा आन्दोलनरत दलको जायजमाग पुरा गर्नुपर्छ । नाजायज माग पुरा हुँदैनन् । मधेशले थारु बाहुल प्रदेश बनाउने र वाकी समस्या आयोगलाई दिने हो भने आजको समस्या समाधान हुन्छ । अखण्ड नेपालभित्र प्रदेश गठन गरेर विखण्डनको विरु रोक्नुपर्छ ।
संघीयताको खोल ओडेर दक्षिणले खेल्दै छ भन्ने या भारतका नाममा पाखण्डी राष्ट्रवाद देखाएर जनताको माग खोस्दैछौँ । बैशाख १२ को भुकम्पपछि जनता पीडामा छ । सरकारलेकेही गरेन । मैलै पुन निर्माण प्राधिकरणको कुरा उठाए । यसलाई अपांग बनाइयो । त्यो पनि अनुमोदन नगरि त्यत्तिकै गयो । संविधानपछि अव भुकम्पपीडितको लागि लाग्नुपर्छ । पार्टी साधन मात्र हो । अर्को युगका लागि नयाँ ढंगको पार्टी खाँचो हुन्छ ।
अव नयाँ युगका लागि नयाँ विचार, शैली र नेतृत्व चाहिन्छ । बाबुराम भट्टराईले एमाओवादीपार्टी त्यागे । सभासद्बाट पनि राजीनामाको घोषणा । अवकुनै पार्टीको सदस्य छैन । सवै जिम्मेवारीबाट राजीनामा । अव कसरी जाने भन्ने सोचेको छैन । संविधानसभाबाट पनि राजीनामा गरेको छु ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..