» » संविधान जारी गर्न सरकारले दशैभरि सुरक्षा व्यवस्था गरे कडा


काठमाडौँ, आश्विन २ गते । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई बताउनुभयो ।

सरकारले देशैभर खानतलासी, जाँच र गस्ती बढाएको छ । प्रवक्ता ढकालले भन्नुभयो – “शान्ति सुरक्षामा खलल पु¥याउने, ताडफोड र आगजनी गर्नेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ ।”

उहाँले आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालनको तयारी गरिएको बताउनुभयो । संविधान घोषणाको दिन देशभर गरिने दीपावलीमा सहभागीका लागि समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उहाँको भनाइ थियो ।

संविधानसभा भवनमा विशेष सुरक्षा
संविधान जारी हुने स्थान संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबारका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काका अनुसार संविधानसभाभित्र र बाहिरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ ।

संविधानसभाभित्र विशिष्ट व्यक्तिको सुरक्षालाई ध्यानमा राखी सो दिनका लागि छुट्टै विशेष अनुमतिपत्रको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

त्यस्तै विशिष्ट व्यक्तिको आवागमन हुने सडक क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडाइ गरिएको छ । प्रहरीले संविधानसभा र बाहिरका लागि तीन पङ्क्तिको सुरक्षा मिलाएको छ । अघिल्लो पङ्क्तिमा सभाक्षेत्र बाहिर र भित्र, दोस्रो पङ्क्तिमा ‘ब्याकअप’का रुपमा र तेस्रो पङ्क्तिमा प्रहरी केन्द्रीय कार्यालयमा प्रहरी तयारी अवस्थामा राखेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि सोहीअनुरुपको घेरा तयार पारी तयारी अवस्थामा फौज राखेको छ । संविधानसभाभित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सदस्यलाई परिचालन तीव्र पारिएको छ ।

सुरक्षालाई ध्यानमा राखी एक हप्ताअघिदेखि नै काठमाडौँ उपत्यकामा भित्रिने सबै नाकामा जाँचमा कडाइ गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..