» » साउदीमा क्रेन दुर्घटनामा परि १०७ जनाको मृत्यु,२३८ जना घाइते


भदौ २६ । साउदी अरबको मक्का शहरमा क्रेन दुर्घटनामा परि १ सय ७ जनाको मृत्यु भएको छ । मक्कामा निर्माण कार्य चलिरहेका बेला क्रेन झर्दा २ भारतीय नागरिकसहित ती मानिसको ज्यान गएको हो । साउदी अरबको विदेश मन्त्रालयका अनुसार घटनामा २३८ जना बढी मानिस गम्भीर घाइते भएका छन् । हज यात्राका कारण मक्काको काबामा हजारौंको संख्यामा मानिस जम्मा भएका थिए ।
क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न गएका विभिन्न देशका तीर्थयात्री रहेका छन् ।तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला रातो रंगको उक्त क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो । तीब्र हावा र वर्षाका कारण दुर्घटना हुन पुगेको बताइएको छ । इस्लाम धर्ममा मक्का शहरको विशेष महत्व छ । यस पवित्र सहरमा संसारभरबाट मुसलमान वार्षिक हज यात्राका लागि पुग्ने गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..