» » बहुमतका आडमा जनविरोधी संविधान कदापि लागु हुदैँन, अध्यक्ष महतो

वीरगन्ज, भदौ २८ गते । सोमवार विहान वीरगंजमा आयोजित एक पत्रकार सम्मेलनको सदभावना पार्टीका राष्टिय अध्यक्ष राजेन्द्र महत्तोले जबरजस्ती संविधान जारी गर्ने तीन दलका विरुद्ध अब कठोर आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।
वीरगन्जमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महत्तोले मधेशबाट संविधानसभामा गएका काँग्रेस , एमाले र एकीकृत नेकपा माओवादीका सभासदहरुकै कारण तीन दलले बहुमतको आडमा मधेश विरोधी संविधान बनाउन लागेको बताउनु भयो ।

यदि तीन दलका मधेशी सभासदहरुले विद्रोह गरेको भए मधेश विरोधी संविधान कदापी बन्ने थिएन , उहाँले भन्नु भयो , अहिले तीन दलले बनाउन लागेको संविधानले मधेशी र थारुले केहि पनि पाउदैनन् ।
अहिले पनि २४ घण्टाको समय बाँकी रहेको भन्दै सदभावना अध्यक्ष महतोले ठूला तीन दलका मधेशी सभासदहरुलाइ विद्रोह गरेर संविधानसभा छाडेर आउन मधेशी जनताले दबाब दिनु पर्ने बताउनु भयो ।
विगतका सहमति र सम्झौताहरुलाइ लत्याएर खसवासी तीन ठूला दलहरुले बन्दुक र बहुमतको आडमा जनविरोधी संविधान जारी गरेपनि त्यो संविधान लागु हुन नसक्ने उहाँको भनाइ छ । मधेश आन्दोलनमा सहयोग गर्न आफुहरुले छिमेकी भारत र संयुक्त राष्ट्र संघलाइ आग्रह गरेको पनि उहाँले स्पष्ट पार्नु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..