» » सरकारले वार्ताको वतवारण नबनाएको भनि राजेन्द्र महतोको गुनासो

महोत्तरी भदौ २८ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाउनु भएको छ ।
शव यात्रामा भाग लिन महोत्तरीको जलेश्वर आउने क्रममा बर्दिबासमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै महतोले भन्नुभयो, ‘आपूmहरु वार्ता विरोधी होइनौं तर सरकारले वातावरण बनाएपछि न जाने हो ।’ सरकारले वार्ताको वातावरण नबनाएको उहाँको आरोप थियो ।
सरकारले वार्ताको वातावरण बनाए आपूmहरु वार्तामा जान तयार रहेको बताउनुहुँदै उहाँले पूर्व सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्ने, कफ्र्यु हटाउनुपर्ने र सेनालाई फिर्ता बोलाउन आपूmहरुले पूर्वशर्त राखेको जानकारी समेत दिनुभयो ।
समस्याको समाधान वार्ताबाट मात्रै सम्भव हुने तर्क गर्नुहुदै उहाँले गोली, कफ्र्युबाट समस्याको समाधान नहुने भएकोले तत्काल फिर्ता लिन आग्रह समेत गर्नुभयो ।
महोत्तरीमा शहादत प्राप्त गरेका ६ जनाको शवयात्रामा भाग लिन आपूm आएको जानकारी दिनुहुदै उहाँले मधेशको माँग पुरा नभएसम्म आन्दोलन जारी राख्ने मोर्चाको निर्णय रहेको स्पष्ट गर्नुभयो ।
मोर्चाले सोमबार गर्ने भनिएको शवयात्रा प्रशासन र मोर्चाबीच शवयात्रा गर्ने बाटोबारे सहमति नभएको कारण सोमबार साँझसम्म हुन सकेको छ्रैन् ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..