» » मधेसीहरुसँग दुब्र्यबहार किन हुन्छ ?

-रिता साह
शनिवार साँझ काठमाण्डौको सुन्धारामा पर्सा जिल्ला गोविन्दपुरका ६० बर्षीय माधब कुर्मीलाई केही पहाडे युवाहरुले मधेसी भन्दै गालीगलौच गर्दै, निर्घात कुटपीट गरेको समाचार प्रकाशमा आएको छ । काठमाण्डौ लगायतका पहाडी जिल्लाहरुमा मधेसीमाथी दुव्र्यवहार एवं कुटपिट हुने यो पहिलो घटना होइन । 

पहाडमा मधेसीहरुले यस्ता घटनाहरु दिनहुँ भोग्दै आएको तितो सत्य हो । मधेशीहरु जतिसुकै शिक्षित, धनी र प्रतिष्ठित भएपनि जिवनको कुनै न कुनै मोडमा यस्तो प्रकारको विभेद भागेकै हुन्छ । एउटा साग बेच्ने, बसका खलासी, टयाक्सी वा टेम्पो चालक, सामान्य पसले, बालकदेखी बृद्धसम्मकाले मधेशीहरुलाई धोती, भैया, मस्र्या, काले भन्न हिच्किचाउँदैन । मधेशीहरुमाथी यस किसिमको दुव्र्यवहार तथा विभेद गर्ने आँट त्यस्तो मानिसहरुमा किन र कहाँबाट आउने होला ? 

मधेशीहरु माथि यस्तो खालको हिंसात्मक दुव्र्यबहार वा विभेद हुने केही आधारभुत कारणहरु छन् । त्यस्तो दुब्र्यबहार गर्नेहरुलाई राम्रो सँग थाहा छ, मधेशीहरुलाई जे सुकै गरेपनि उनीहरु के नै गर्न सक्छन र ? धेरै गर्यो भने प्रहरी, प्रशासनमा जाने हो । एक त त्यहाँ गए पनि यस्ता खालका दुब्र्यबहार गर्ने विरुद्ध प्रमाण जुटाउनै गाह्रो हुन्छ । दोषीलाई कारबाही गर्ने नियम कानुनमा पनि स्पष्टताको अभाव छ । 

त्यसभन्दा पनि त्यहाँ गएर मधेसीहरु न्यायको सट्टा थप विभेद नै खेप्नुपर्ने हुन्छ । किनभने प्रहरी, प्रशासनमा पनि हुने पहाडेहरु नै हो । कथम कदाचिन त्यहाँ गयो भने समस्या सुन्नुको सट्टा प्रहरी, प्रशासनले पिडितलाई झन मजाकको पात्र बनाउने गर्छ । उल्लेखीत कारणहरुले गर्दा सामान्य हैसियतका पहाडीहरुलाई मधेशीहरुमाथी दुब्र्यबहार गर्ने मनोबल बढाउँँदो रहेछ ।

विगत लामो समय देखि राज्यले संविधान, ऐन, कानुन बनाएर मधेसीमाथीको विभेदलाई संस्थागत गर्दै आएकोछ । राज्यका संरचनाहरु यसरी निर्माण भयो जसमा प्रहरी, प्रशासनमा मधेसीहरु पुग्न सकेनन् । त्यही संरचनाहरुलाई पुनर्सरचना गर्नुपर्ने थियो, नयाँ संविधानमार्फत । तर अहिलेको संविधानले पनि पुरानै शैलीमा विभेदलाई नै निरन्तरता दिनेछ । त्यसलाई पक्षपोषण गर्ने काम प्रहरी, प्रशासन, न्यायलय र मिडियाले गदै आएको छ । र, व्यवहारमा उतारेर निरन्तरता दिने काम पहाडी समुदायको बुद्धिजिवीहरु र तीन दलको शीर्ष नेताहरुले गदै आइरहेका छन् ।

तसर्थ अहिलेको आन्दोलन नयाँ संविधान मात्रैको लागी नभई सामाजिक विभेद विरुद्धको विद्रोह पनि हो । यसलाई निणार्यक मोडमा पुरयाउन एक जुट हुनै पर्छ । जबसम्म पुर्णरुपमा अधिकारको सुनिश्चिता हुदैन मधेसीहरु लडिराख्नु पर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..