» » संघीय समाजवादी फोरम नेपालले संयुक्त राष्ट्रसंघलाई पठाएको पत्र यस्तो छ

संघीय समाजवादी फोरम नेपालले सरकारले गम्भीर मानव अधिकार उल्लङंघन गरेको भन्दै राष्ट्रसंघीय महासचिव बान कि मुनलाई पत्र लेखेको छ । नेपालका लागि राष्ट्रसंघीय आवासीय संयोजक जेमी म्याकगोल्डरिक मार्फत् बान कि मुनलाई पठाइएको पत्रमा राज्य आतंक, सरकारले गरेको मानव अधिकारको उल्लङ्घनका कारणले नेपाल पुनः द्वन्दको संघारमा पुगेको उल्लेख गरिएको छ । जनआन्दोलनदेखि मधेश आन्दोलनसम्म आइपुग्दा विभिन्न समूहसँग सरकारले गरेको सम्झौता र उठेका एजेण्डलाई समेटेर संविधान जारी हुनु पर्नेमा सत्तारुढ नेपाली कांग्रेस, एमालेले एमाओवादीसँग मिलेर एकलौटी निर्णय गर्दै संघीयताको सीमाङ्कन जबरजस्ती लादेको र एकलौटी संविधान बनाउन खोजेको आरोप पत्रमा लगाइएको छ । त्यसकै कारण नेपालमा विगत ३ सातादेखि विभिन्न खाले आन्दोलन भइरहेको भन्दै मधेशी, मुस्लिम थारु लगायत विभिन्न उत्पीडित समुदायको आन्दोलनमा सरकारी सुरक्षाकर्मीले छाती र टाउकोमा ताकेर गोली हान्दै बर्वरतापूर्वक हत्या गरेर मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको छ । सरकारका यी सबै गतिविधी नेपालको संविधान, विद्यमान कानून र अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरित भएको भन्दै पत्रमा सत्तारुढ दलका सभाषद् समेत यसको विपक्षमा रहेको उल्लेख गरिएको छ । सेना परिचालन तत्काल फिर्ता गर्नु पर्ने लगायतका माग अघि सारिएको छ ।
राष्ट्रसंघलाई पठाइएको पत्रमा फोरम नेपालको मागहरु :
(१) शान्तिपूर्ण प्रदर्शन गर्न दिन सेना र सशस्त्र प्रहरी परिचालन फिर्ता गर्नुपर्ने,
(२) मोर्चा समूहसहित विभिन्न समूहसँग यसअघि गरिएका सहमति र समझदारीहरु लागू गर्नुपर्ने,
(३) विभिन्न आन्दोलनको भावनालाई सम्मान गर्नुपर्ने, आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, र
(४) घाइतेलाई उपचार र क्षतिपूर्ति दिनुपर्ने, संसदको राज्य पुनर्संरचना समिति र उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा पहिले नै सहमति भइसकेका सिद्धान्तको आधारमा संघीय संरचना गठन गर्नुपर्ने,

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..